२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा ६० क्वीन्टल अवैध युरिया मल बरामद



फाइल फोटो
अ+ अ-

पाल्पा। साठी क्वीन्टल अवैध युरिया मल बरामद भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणमा अवैध मल बरामद गरेको हो ।

स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लुप्र ०१–००१ ख ०९५९ नम्बरको मिनी ट्रकलाई रोकी जाँच गर्दा ६० क्वीन्टल मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विना विल बिजक मल ल्याइएको छ । जहाँ कृषक युरिया वितरक कृषि सामग्री कम्पनी लिमिटेड कुलेश्वर काठमाडौँ लेखिएको छ ।”

नियन्त्रणमा लिएको अवैध मल, ट्रक र ट्रक चालकसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय रुपन्देही पठाइएको प्रहरी निरीक्षक ठकुरीले जानकारी दिनुभयो । रासस




भर्खरै