१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरद्वारा लुम्बिनीसामु १४५ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग(एनपीएल) २२ औं खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा विराटनगरले लुम्बिनीलाई १४५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन जोड्यो ।

उसका लागि लोकेश बमले ३५, बसिर अहमदले २८, साम हिजलेटले २७ तथा फाफ डु प्लेसिसले १२ रन जोडे ।

वलिङतर्फ लुम्बिनीका शेर मल्लले तीन तथा जोनाथन स्मित, अभिशेष गौतम र रुबेन ट्रम्पलमानले एक-एक विकेट लिए ।