१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएल: लुम्बिनीले पहिले बलिङ गर्दै, विराटनगरबाट डुप्लेसिसले खेल्दै



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा विराटनगर किंसविरुद्ध लुम्बिनी लायन्सले पहिले बलिङ गर्दैछ ।

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

आज विराटनगरको टोलीमा स्टार ब्याटर फाफ डुप्लेसिसले पनि खेल्नेछन् । उनको उपस्थितीले विराटनगरको टप अर्डर थप मजबुत बनाउने छ ।

विराटनगर ५ खेलमा ४ जितसहित ८ अंक जोडेर प्लेअफको नजिक छ ।  लुम्बिनीले भने ५ खेलमा २ जितसहित ४ अंक जोडेको छ । उसलाई बाँकी २ वटै खेल जित्नुपर्ने दबाब छ।