२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उड्ययन प्राधिकरणका पूर्वनिर्देशक भण्डारी पनि पक्राउ परे



अ+ अ-

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वनिर्देशक मुरारी भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

बुधवार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँगै भण्डारीलाई पनि नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराइएको अख्तियारका एक आयुक्तले जानकारी दिएका छन्।

भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिप्याडसम्बन्धी काममा उनीहरूले अनियमितता गरेको अनुसन्धानपछि दुवैजनामाथि कारबाही अघि बढाइएको हो।

हेलिप्याड निर्माण प्रक्रियामा आर्थिक तथा प्राविधिक अनियमितता भएको अख्तियारको दाबी छ।