१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उड्ययन प्राधिकरणका पूर्वनिर्देशक भण्डारी पनि पक्राउ परे



अ+ अ-

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वनिर्देशक मुरारी भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

बुधवार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँगै भण्डारीलाई पनि नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराइएको अख्तियारका एक आयुक्तले जानकारी दिएका छन्।

भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिप्याडसम्बन्धी काममा उनीहरूले अनियमितता गरेको अनुसन्धानपछि दुवैजनामाथि कारबाही अघि बढाइएको हो।

हेलिप्याड निर्माण प्रक्रियामा आर्थिक तथा प्राविधिक अनियमितता भएको अख्तियारको दाबी छ।