१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले आफ्नै चिह्न लिएर चुनावमा सहभागी हुने



अ+ अ-

काठमाडौँ । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ निर्वाचन चिह्न लिएर चुनावमा सहभागी हुने भएको छ।

यसअघि सो पार्टीले कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी सँग सहमति गरेर त्यसैको ‘बलेको चिम’ एकल चिह्न प्रयोग गरी चुनावमा जाने तयारी गरेको थियो। तर कानुनी प्रकृयामा जटिलता आउन सक्ने देखिएपछि सहमति कार्यान्वयन हुन सकेन।

मंसिर १० गते दुई पार्टीबीच ‘बलेको चिम’ चिह्न लिएर निर्वाचनमा सहभागी हुने सहमति भएको थियो। तर त्यसलाई पुनरावलोकन गर्दै मंसिर १६ गते सुनार नेतृत्वको समूहले आफ्नै पार्टी चिह्न रोजेर निर्वाचन आयोगमा पुनः दर्ता गरेको आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार अब खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल स्वतन्त्र रूपमा ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ चिह्न लिएर चुनावी प्रतिस्पर्धा गर्नेछ।