५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव राजीनामा दिने तयारीमा, विश्वासको मत नपाउने निश्चित

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव राजीनामा दिने तयारीमा, विश्वासको मत नपाउने निश्चित
अ+ अ-

जनकपुरधाम । विश्वासको मत नपाउने अवस्था पक्का भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिने तयारी गरेका छन्।

प्रदेश सभा बैठकमा सम्बोधन गरेरै पदत्याग गर्ने उनको तयारी रहेको स्रोतले जनाएको छ।

विश्वासको मतका लागि सोमबार बिहान ८ः३० बजे बस्ने भनिएको प्रदेश सभा बैठक मुख्यमन्त्री नै उपस्थित नहुँदा सुरु हुन नसकेपछि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।

विश्वासको मतका लागि आवश्यक अंकगणित कमजोर

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकारको विश्वास कायम राख्न ५४ मत आवश्यक पर्छ। तर सरकारको नेतृत्व गरेको एमालेसँग सभामुखसहित २५ सांसद मात्र छन्, जसमा एक सांसद निलम्बित छन्। एमालेसँग नेपाल संघीय समाजवादी र राप्रपाका एक–एक सांसद मात्र समर्थनमा छन्।

वन तथा वातावरणमन्त्री बनेकी राप्रपाकी कञ्चन बिच्छाको सांसद पद राप्रपाले खारेज गर्न प्रदेश सभामा पत्राचार गरिसकेकाले उनले मत दिन नपाउने सम्भावना अझै बढेको छ।

गठबन्धन मजबुत, मत संख्या ७३

सात दलीय गठबन्धन हाल एकजुट देखिएको छ। गठबन्धनका दलहरूसँग ७३ मत रहेको छ । जसअनुसार कांग्रेससँग२२, जसपा नेपालको १८, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्ति पार्टीसँग १ सांसद छन् ।

लोसपा नेता जितेन्द्र सोनलले गत कात्तिक २२ गते विश्वासको मत नपाउने अवस्था बनेपछि राजीनामा दिएपछि मधेश प्रदेशले फेरि राजनीतिक उथलपुथल बेहोर्नुपरेको थियो।

त्यसपछि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।