२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

केराखेतीमा ‘टिआर फोर’ को सङ्क्रमण



अ+ अ-

चितवन । जिल्लामा लगाइएको केराखेतीमा नयाँ रोगको सङ्क्रमण देखिएको छ । पश्चिम चितवनका किसानले लगाएका केरामा पानामा रोगको नयाँ भेरिएन्ट (टिआर फोर) को सङ्क्रमण देखिएको हो । जिल्लास्थित राष्ट्रिय कृषि अधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीका अनुसार पश्चिम चितवनमा लगाइएको पाँच बिघा क्षेत्रफलमा यो रोगको सङ्क्रमण देखिएको हो ।

करिब ५५ बिघा क्षेत्रफलमा लगाइएको केराखेतीमध्ये पाँच बिघामा पानामा रोगको नयाँ भेरिएन्टको सङ्क्रमण देखिएर केराको गुवो लाग्ने समयमा थामबाट फल बाहिर निस्कन थालेको उहाँले जानकारी दिनुभयो । किसानले नवलपरासीबाट ल्याएर लगाएका बिरुवामा यो समस्या देखिएको रेग्मीले बताउनुभयो । केहीसमय अघिदेखि यो समस्या देखिएपछि अहिले परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौँ र कृषि अनुसन्धान परिषद् (नार्क)मा नमुना पठाइएको उहाँले जानकारी दिनुभयो । जिल्लामा बाहिरबाट केराको बिरुवा ल्याउने हुँदा परीक्षण गरेर मात्र ल्याउन उहाँले सबै किसानलाई आग्रह गर्नुभयो ।

पश्चिम चितवनमा केराखेती गर्दै आउनुभएका कृषक यज्ञ सुवेदीले आफूले नवलरपरासीबाट ल्याएको बिरुवामा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रोग देखिएपछि त्यसको व्यवस्थापनको पाटोमा काम गरिरहेका छौँ । यो रोगको कुनै उपचार नभएकाले जोतेर रोग अन्यत्र फैलन नदिने गरी व्यवस्थापन गरिएको छ ।”

जिल्लामा पहिलोपटक यो रोग देखिएको एकाइका प्रमुख रेग्मीले जानकारी दिनुभयो । यो सङ्क्रमणबाट बच्नका लागि रोग लागेका केरा फार्ममा प्रयोग भएका औजार तथा यातायातलाई निर्मलीकरण गरेर अन्य फार्ममा लैजानु पर्ने तथा रोग देखिका फार्मलाई पूर्ण रूपमा निर्मलीकरण नगरी केराका नयाँ बिरुवा लगाउन नहुने उहाँले बताउनुभयो ।

जिल्लामा हाल दुई हजार ८०० हेक्टर क्षेत्रफलमा केराखेती गरिँदै आइएको छ । जसमध्ये दुई हजार २०० हेक्टर क्षेत्रफल ‘केराजोन’मा पर्दछ । यहाँ वार्षिक ४३ हजार १९३ मेट्रिकटन केरा उत्पादन हुँदै आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस