२४ मंसिर २०८२, बुधबार
,
Latest
आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित: थाई रक्षा मन्त्रालय ‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्‍यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणमा हितेन्द्रको पुनर्वहाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व



अ+ अ-

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट रु २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट रु १० अर्ब १० करोड राजस्व उठाएको छ ।

कार्यालयले चालु आवको चार महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रु चार अर्ब ५८ करोड, कपडाबाट रु चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ ।

इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट रु तीन अर्ब सात करोड राजस्व सङ्कलन गरेको छ । चालु आवको चार महिनामा वीरगञ्जबाट रु दुई खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भएका छन् । कार्यालयले चालु आवमा रु ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको जनाएको छ ।