१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल इतिहासकै तेस्रो शतक एडमको नाममा



अ+ अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) इतिहासमा हालसम्म तीन शतक मात्रै प्रहार भएका छन् ।

तेस्रो शतक पोखरा एभेन्जर्सका एडम रोसिङ्टनको नाममा दर्ज भएको छ । राजधानीमा जारी दोस्रो संस्करणको एनपिएलमा एडमले आज कर्णाली याक्सका विरूद्ध शतक हिर्काए । उनी ५८ बलमा १०८ रनमा अविजित रहे ।

यससँगै एडम जारी सिजनमा शतक प्रहार गर्ने दोस्रो खेलाडीसमेत बने । यसअघि कर्णाली याक्सका मार्क वाटले मात्रै शतक जोड्न सकेका थिए । वाटले मङ्सिर ६ गते लुम्बिनी लायन्सविरुद्धको खेलमा वाटले शतक प्रहार गरेका थिए ।

उनले ४१ बलमा ६ चौका र १० छक्कासहित शतक पूरा गरेका थिए । उक्त खेलमा वाट ४४ बल खेल्दै १२ छक्का र छ चौका हिर्काउँदै ११४ रनमा अविजित रहे ।

गत वर्ष सम्पन्न पहिलो संस्करणमा पोखराका आन्द्रेस गोउस मात्रै शतक हिर्काउने खेलाडी थिए । उनले लुम्बिनीविरुद्ध शतक प्रहार गर्दै १०४ रन बनाएका थिए ।

हालसम्म शतक हिर्काउने सबै विदेशी खेलाडी रहेका छन् । एडम रोसिङटन इङ्ग्ल्याण्ड, मार्क वाट स्कटल्याण्ड, आन्द्रिज गोउस अमेरिकी खेलाडी हुन् । रासस