१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

गाँजासम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा पनि दर्ता

गाँजासम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा पनि दर्ता
अ अ+ अ-

हेटौँडा । गाँजा खेतीलाई वैधानिक बनाउन माग गदै वाग्मती प्रदेशसभा सचिवालयमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भएको छ । आजको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य केशव स्थापितले आफूले सो सम्बन्धी विधेयक सचिवालयमा दर्ता गराएको जानकारी दिनुभयो ।

सचिवालयमा निजी विधेयकका रुपमा सो विधेयक पहिलोपटक दर्ता भएको जनाइएको छ । सो विधेयक ५३ औँ विधेयक हो । यसअघि सभामा दर्ता भएका ५२ वटा विधेयक सरकारका तर्फबाट मात्र दर्ता भएको संसद् सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो ।

सोमबार सङ्घीय संसद् सचिवालयमा सांसद शेरबहादुर तामाङले गाँजासम्बन्धी विधेयक दर्ता गराउनु भएको थियो । किसानको जीवनस्तर उकास्न र औषधीजन्य प्रयोजनका लागि गाँजा खेतीलाई व्यवस्थित तथा नियमन गर्न विधेयक दर्ता गरेको प्रदेशसभा सदस्य स्थापितले जानकारी दिनुभयो ।