२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, भोलि पुनः नियुक्त हुने



अ+ अ-

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्।राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएसंगै खतिवडाले पदबाट राजिनामा दिएका हुन् ।

मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मी खतिवडाको राजीनामापत्र बुझाउन शितलनिवास पुगेका थिए । उनको पुनः नियुक्त हुनेछ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् ।

संविधानअनुसार संघीय संसदको सदस्य नरहेको व्यक्ति पनि छ महिनासम्म मन्त्री हुन पाउँछन्। सोही व्यवस्थाअनुसार खतिवडा मन्त्री हुन लागेका हुन्।