२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्कका महासचिव विराकुनले कार्यभार सम्हाल्नु भयो



अ+ अ-

काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का चौधौँ महासचिवका रुपमा श्रीलङ्काका वरिष्ठ कूटनीतिज्ञ इसाला रुवान विराकुनले कार्यभार सम्हाल्नुभएको छ ।

सार्कको महासचिवमा नियुक्त हुनुअघि उहाँ श्रीलङ्काली राष्ट्रपतिका वरिष्ठ अतिरिक्त सचिव हुनुहुन्थ्यो । श्रीलङ्काको परराष्ट्र सेवामा ३२ वर्ष बिताउनुभएका महासचिव विराकुनले त्यहाँको परराष्ट्र र पर्यटन विकास मन्त्रालयको सचिवको जिम्मेवारी पूरा गर्नुभएको थियो ।

लण्डन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएका उहाँले भारतका लागि श्रीलङ्काको उच्चायुक्त र नर्वेमा राजदूतका रुपमा सेवा गरिसक्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सार्कका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शङ्करदास वैरागीसँग अनुकूल समयमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको सार्क सचिवालयले जनाएको छ ।