२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ केजी सुनसहित एक भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले ६ किलो भन्दा बढी सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले भारतको कर्नाटक राज्यका ४२ वर्षीय अब्दुल मजिदको साथबाट अवैध सुन बरामद गरेको हो।

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित अजिद पक्राउ परेका हुन् ।

मजिदले बोकेको झोलाबाट मोटर पार्टसभित्र जडान हुने ब्यारिङ जस्तो देखिने चार थान, फलामको पाताजस्तो ब्यारिङ २ थान र फलामको मिट ब्यारिङ दुई थान गरी आठ थान फलाम बरामद गरी काटेर हेर्दा सुन भेटिएको हो।

प्रहरीका अनुसार बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ ।