१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

जितका लागि पर्याप्त लक्ष्य थियोः चितवनका डेविड मालन

जितका लागि पर्याप्त लक्ष्य थियोः चितवनका डेविड मालन
अ+ अ-

काठमाडौँ । पाँचौं खेलमा तेस्रो हारपछि चितवन राइनोजका डेविड मालनले जितका लागि लक्ष्य पर्याप्त भएपनि दोस्रो इनिङमा राम्रो गर्न नसक्दा हार व्यहोरेको बताएका छन् ।

चितवनले राम्रो लक्ष्य प्रश्तुत गरे पनि बलिङमा साथ नपाउँदा जनकपुर बोल्ट्ससँग हार सामना गर्नुपरेको थियो । खेलपछि पत्रकार सम्मेलनमा मालनले आजको खेलमा ओपनिङ साझेदारी परिवर्तन गर्ने निर्णय सही भएपनि दोस्रो इनिङमा राम्रो गर्न नसकेको बताए ।

विदेशी खेलाडीबाट सबैले आशा गरेअनुरुप रवि बोपाराले पछिल्ला खेलहरूमा राम्रो प्रदर्शन गरेको उनले उल्लेख गरे । उनले आज आफ्नो पनि राम्रो  प्रदर्शन गर्न आउँदा खुशी लागेको बताए । आगामी दुई खेल जित्दा प्लेअफ पुग्ने सम्भावना रहेको उनले बताए । आगामी खेलमा जित निकाल्न मेहनत गर्ने उनले उल्लेख गरे ।

जनकपुरका कप्तान अनिल साहले आफ्नो रनको खाता र टिमको जितको खाता खोल्न पाउँदा खुशी लागेको बताए । लगातार पहिलो चार खेलमा हारका कारण आजको खेलमा जित आवश्यक रहेको र नतिजा पनि निस्कदा टोलीको मनोबल बढ्ने उनको आशा छ । आजको खेल छिटै जितेकाले नेट रनरेट पनि सुधार हुने उनले उल्लेख गरे । बाँकी दुई खेल जितेपछि मात्र प्लेअफबारे सोध्ने उनको भनाइ छ । यो वर्ष घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट पनि धेरै नखेलेकाले आजको प्रदर्शन पर्खाइमा रहेको उनी बताउँछन् । पछिल्ला खेलहरूमा रन ननिस्किँदा त्यही दबाब महशुस गरेको उनले स्वीकार गरे ।

आज टिम ब्याक गर्दा रन पनि निस्किनु आफ्ना लागि खुशीको क्षण रहेको उनको भनाइ छ । कप्तानको जिम्मेवारीबाट हटे पनि खेल्ने भने इच्छुक रहे पनि टिमको आवश्यकता अनुरुप बाहिर रहेको उनी बताउँछन् । टिममा अनुभवी खेलाडीहरू धेरै रहेकाले खराब प्रदर्शन हुँदा बाहिर राख्नु स्वभाविक रहेको उनको बुझाइ छ । आज प्रदर्शन गर्न नसकेको भए आफ्ना लागि झन् कठिन हुनसक्ने उनी बताउँछन् । आजभन्दा अघिल्ला खेलमा धेरै मेहनत गरे भने रन ननिस्केको उनले उल्लेख गरे । टिमको प्रदर्शन राम्रो नहुँदा समर्थकमा पनि निराशा छाएको उनी बताउँछन् । जनकपुरका समर्थक जहाँ रहे पनि खेल हेर्ने उनको विश्वास छ ।