२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धमाधम ठेक्का तोड्दै सरकार, निर्माण व्यवसायी रुष्ट



अ+ अ-

काठमाडौँ । सरकारले रुग्ण आयोजनाहरुको ठेक्का तोड्ने कार्यलाई तिब्रता दिएको छ । सडक विभागले मात्रै अहिले विभिन्न डिभिजन, योजना कार्यालयमार्फत २ सय २९ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ । यि ठेक्कामा निर्माण व्यवसायीहरूसँग समयमै काम नसकिनुको कारण पेश गर्न सार्वजनिक आह्वान गरिएको छ । सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काले सडक डिभिजन काठमाडौंअन्तर्गतका २५ सहित ३८ वटा ठेक्का तोडिएको जानकारी दिनुभयो । उहाँकाअनुसार अलपत्र ठेक्का किन नतोड्ने ? भन्ने शिर्षकमा सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित ठेकेदारलाई १५ दिनभित्र स्पष्टिकरण दिन आह्वान गरिने गरिएको छ ।

कतिपय निर्माण व्यवसायीले सूचना निकालेर स्पष्टीकरण माग गरेपछि पनि काम शुरु गरेका छन् । त्यस्ता आयोजनाहरुको ठेक्का तोडिएको छैन, जवाफ नपठाएर सम्पर्कबिहीन बनेकाहरुको धमाधम ठेक्का तोडिएको छ । अझै पनि रुग्ण ठेक्कामा केही तोड्ने प्रक्रियामा रहेका र केहीमा काम अघि बढेको खड्काको जानकारी दिनुभयो । खड्काले विगतमा राजनीति भएका कारण ठेक्का अघि बढ्न नसकेको भए त्यतिबेलै निर्माण व्यवसायीले कामको जिम्मेबारी नलिन सक्थे, ठेक्का तोड्ने अधिकार पनि उनीहरुमा पनि थियो । अनेक बहानामा आयोजनाहरु अड्काएकै कारण एक्सनमा उत्रनु परेको उहाँले बताउनु भयो ।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काले भन्नुभयो–‘कर्मचारीको कारणले काम निर्माण सम्पन्न नगरेको भन्नेकुरा हो भने १५ दिने जुन स्पष्टीकरण छ, त्यसमा निर्माण व्यवसायीले स्पष्टीकरण दिनसक्छन् । कतिपय त्यो अवस्था पनि होला । चित्तबुझ्दो जवाफ भए थप समय दिएर ठेक्का अघि बढेका पनि छन् । चित्तबुझ्दो जवाफ निर्माण व्यवसायीले दिँदा दिँदै पनि ठेक्का तोडिएका छन् भने उहाँहरु न्यायका लागि अदालतमा जान पनि सक्नुहुन्छ । त्यसै कारण हामीले अहिले ठेक्का तोडेका भनिएका विशुद्ध निर्माण व्यवसायीको हो । निर्माण व्यवसायीहरुले आधारभूत शर्त पूरा नगरेकाहरुको तोडिएको हो । निर्माण सम्पन्न गर्नका लागि त्यसखालको रिर्सोस मोभिलाइज नभएका, वषौँदेखि ठेक्का अलपत्र परेका, पब्लिकले समयमै प्रयोग गर्न नपाएका आयोजनाको ठेक्का रद्ध गर्न प्रक्रिया अघि बढाएको हो । यदी सडक कार्यालयहरुबाट मर्कामा परेकाहरुको ठेक्का तोडिएको छ भने न्यायका लागि जान सक्नुहुनेछ । ३३ ओटा ठेक्का अहिले तोडिसकिएको छ । त्यसमा सडक पुलहरु पर्छन् । त्यो सहित ३८ ओटा ठेक्का तोड्ने भनेर विभागमा फाइल आइपुगेको छ । कुल २२९ ओटा किन नतोड्ने भनेर सूचना जारी गरिएको छ ।’

निर्माण व्यवसायीहरु भने सरकारले व्यवस्थापन नगरि हचुवाकै भरमा ठेक्का तोडेको भन्दै आक्रोशित छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले सरकारले ठेक्काहरु रुग्ण हुनुको कारण पत्ता लगाइ त्यसको निराकरण खोज्नुपर्ने बताउनुहुन्छ ।

उहाँकाअनुसार अहिले जतिपनि ठेक्काहरु रुग्ण भएको छ । ८० प्रतिशत भन्दा बढि सरकारी कर्मचारीको कारणले भएको छ । अध्यक्ष सिंहले भन्नुभयो–‘सबैभन्दा पहिल सरकारले ठेक्काहरु रुग्ण किन हुनुपुग्यो त्यसको कारण खोज्नुपर्छ । कारण पत्ता लगाइ त्यसको निराकरण खोज्नुपर्छ । अहिले जतिपनि ठेक्काहरु रुग्ण भएको छ । ८० प्रतिशत भन्दा बढि सरकारी कर्मचारीको कारणले भएको छ । सरकारी कर्मचारीको अकर्मण्यता र जवाफविहीनताका कारणले आयोजना रुग्ण बनेका छन् । कानूनी राज्यको हामीले अनुभूति गर्न पाएका छैनौँ । यो राज्यमा कानुन निर्दोलाई मात्रै लाग्छ, सरकारी पक्षले १२÷१५ वर्ष सम्म ठेक्का सम्पन्न नहुँदा उहाँहरु किन कारबाहीको दायरामा आउनुभएन । सार्वजनिक नियमावलीको पटकपटक संशोधन भयो र हरेक संशोधनमा ऐन, कानून, नियमलाई पालना नगर्ने अधिकारीहरु कानूनको दायरामा पर्छन भन्ने उल्लेख छ । तर अहिलेसम्म ठेक्का अन्त्य नभएर रुग्ण भए व्यवस्थापन गर्ने नाममा अहिले अन्त्य गर्ने काम भएको छ, यो स्थीतिमा पुर्याउने अधिकारीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

सिंहकाअनुसार आयोजना रुग्ण बन्नुको मुख्य कारण कर्मचारी नै हुन् । उनीहरुमाथि कारबाही हुनुपर्छ । काम नगर्ने प्रोजेक्ट म्यानेजर, कार्यालय प्रमुखहरुलाई सरकारले कारबाही गर्नुपर्छ । वास्तविक रुपमै ठेक्काहरुलाई रुग्ण बनाउने काम गर्नेहरुलाई सरकारले कुनै हालतमा उन्मुक्ति दिन नहुने सिंहको भनाइ रहेको छ । हिजोका दिनमा राजनीतिक नेतृत्वले दिएका निर्देशन पालना सरकारी अधिकारीहरुले गर्दा पनि आयोजनाहरु रुग्ण बनेको सिंहको बुझाइ रहेको छ । सार्वजनिक खरिद ऐन, नियमावलीमा भएका प्रावधानहरुलाई सरकारी कर्मचारीहरुले नै पालना नगरेकाले अहिले समस्या बिकराल बनेको सिंहले बताउनु भयो ।