२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको टेनेसीमा भिषण आँधी, १९ जनाको मृत्यु



अ+ अ-

नेसभिल, अमेरिकाः अमेरिकाको मध्यपूर्वी राज्य टेनिसीमा आएको चक्रवातमा परी कम्तीमा १९ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार मङ्गलबार बिहान आएको आँधीका कारण १९ व्यक्तिको मृत्यु भएको छ भने धेरै भौतिक संरचनाहरूमा क्षति पुगेको छ ।

अमेरिकामा आँधीकाे कहर ।

आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति पु¥याएको छ ।

टेनिसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पु¥याएको क्षतिबारे भन्नुभयो, “आँधीका कारण ‘यसपटक १९ जनाको मृत्यु’ भएको छ भने राज्यका चार ‘काउन्टी’मा व्यापक भौतिक संरचनामा क्षति पुगेको छ ।”

न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण राजधानीका विभिन्न ४० स्थानका भौतिक संरचनामा क्षति पु¥याएको बताएको छ । क्षतिका विवरणहरू सङ्कलन भइरहेको पनि विभागले बताएको छ ।