२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरको पहिलो जित, चितवनलाई ६ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।

चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि माज सदाकत र अनिल शाहले अर्धकतकीय पारी खेले । सदाकतले ३० बलमा ६३ तथा शाहले ३६ बलमा ६१ रनको योगदान दिए । यस्तै, आशिफ शेखले १८ रन बनाउँदा आदित्य महताले पनि अविजित १८ रन जोडे ।

बलिङतर्फ चितवनका शोहेल तनविर, अमर रौतेला र कमल ऐरीले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन जोड्यो ।

उसका लागि डेविड मलान र अर्जुन साउदले अर्धशतकीय पारी खेले । मलानले ५४ बलमा ८० रन जोडे भने साउदले ३९ बलमा ५२ रन बनाए । यस्तै, कुशल मल्ल ३० रनमा अविजित रहे । १४ बल खेलेका उनले अन्तिममा आक्रामक ब्याटिङ गर्दै दुई चौका र दुई छक्का प्रहार गरे ।

बलिङतर्फ जनकपुरका रुपेश सिंह, अनिल शाह, लोफ्टी इटन र माज सदाकतले एक–एक विकेट लिए ।