२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितको प्रदर्शन जारी



अ+ अ-

काठमाडौँ । सहकारी पीडितहरुले आफ्नो वचत रकम फिर्ताको माग गर्दै मंगलवार पनि प्रदर्शलाई जारी राखेका छन् ।

सहकारी पीडितहरुसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्दै वचत रकम फिर्ता गर्न माग गर्दै पीडितहरुले मंगलवार पनि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् ।

सहकारीमा जम्मा गरेको वचत फिर्ता पाउनुपर्ने, सहकारी वचत हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने तथा तत्कालीन सरकारले गरेका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ । सरकारले पटक–पटक वार्ता गरेता पनि आफूहरुको माग पूरा नगरेको उनीहरुको गुनासो छ ।

प्रदर्शनमा सहभागीहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘वचतकर्ताको सम्पूर्ण बचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो’, ‘भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौं’, ‘सम्पूर्ण पीडितको वचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ’, ‘सरकार समस्याग्रस्तमा राजनीतिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै?’ जस्ता नारा लेखेका प्लेकार्डहरु बोकेका थिए ।