१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

गृहको तयारी डीआईजी संख्या घटाउने, प्रहरी मुख्यालय नै अनविज्ञ

गृहको तयारी डीआईजी संख्या घटाउने, प्रहरी मुख्यालय नै अनविज्ञ
अ अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी) को संख्या घटाउन तयारी थालेको छ । गृह स्रोतका अनुसार हाल कायम रहेका ३४ जना डीआईजी (प्राविधिकसहित) को दरबन्दीमध्ये केही संख्या घटाउने विषयमा मन्त्रालयले छलफल अघि बढाएको हो । ‘केही डीआईजीको संख्या घटाउने भन्ने विषयमा छलफल भइरहेको छ, हाल कायम रहेको संख्यामा केही घट्न सक्छ । तर, निर्णय भने भइसकेको छैन,’ गृह स्रोतले भन्यो । मन्त्रालयले एकाएक डीआईजी संख्या घटाउने गरी तयारी थालेपछि प्रहरी प्रधान कार्यालय भने त्यसको असर सिंगो प्रहरी संगठनमा पर्ने भन्दै रुष्ट देखिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी (प्रस्तावित एआईजी) शैलेश थापा क्षेत्रीले सो विषयमा प्रहरी प्रधान कार्यालयलाई जानकारी नभएको प्रतिक्रिया दिए । ‘त्यो विषयमा हेडक्वार्टरलाई जानकारी छैन,’ उनले भने । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयसँग छलफल नै नगरी गृह मन्त्रालयले बढीमा १० वटा डीआईजी पद खारेज गर्ने तयारी गरेको छ । हाल नेपाल प्रहरीमा २२ डीआईजी पद रिक्त छ । प्रधान कार्यालयले भने डीआईजी संख्या घटाउन नहुने भन्दै अडान लिँदै आएको छ । प्रधान कार्यालयले संख्या घटाउने निर्णयले सिंगो प्रहरी संगठनमा असर पर्ने तर्क गरेको छ ।

मन्त्रालयले भने धेरै डीआईजी हुँदा राज्यलाई आर्थिक भार बढी पर्ने र नयाँ प्रहरी ऐनअनुसार समायोजनमा जाँदा धेरै डीआईजी नचाहिने भन्दै आवश्यकताअनुसार मात्रै राख्नेतर्फ छलफल गरिरहेको छ । हाल रिक्त रहेको डीआईजी पदका लागि एसएसपीहरू धनश्याम अर्याल, पुरुषोत्तम कणेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलिप चौधरी, देवबहादुर बोहोरा, रामकृपाल साह, उत्तमराज सुवेदी, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र धानुक दाबेदार देखिएका छन् ।

यसैगरी, सहकुल थापा, प्रदीपकुमार श्रेष्ठ, अरुणकुमार बीसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला रिक्त डीआईजी पदका लागि बढुवाको प्रतिस्पर्धामा छन् । राजधानी दैनिक