१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुराको मार्तडी बजारमा आगलागी, दमकल अभावले नियन्त्रणमा समस्या



अ+ अ-

काठमाडौं । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ।

बजारस्थित एक पसलमा अचानक लागेको आगो नियन्त्रणमा लिन स्थानीयहरूसँगै प्रहरी टोली सक्रिय छन्।

जिल्ला प्रहरी कार्यालय मार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार आगलागी दिउँसो करिब १२ः२० बजेतिर सुरु भएको हो।

बजारमा दमकल नहुँदा आगो निभाउन कठिनाइ भएको र स्थानीय स्रोत–साधन तथा उपकरण प्रयोग गरेर नियन्त्रण प्रयास भइरहेको प्रहरीले जनाएको छ।

हालसम्म आगलागीको कारण खुलेको छैन। आगो नियन्त्रणमा पूर्ण रूपमा आउन बाँकी रहेकाले क्षतिको विवरण समेत खुलेको छैन।

अधिकारी जोशीले थप सहयोगका लागि अन्य निकायसँग समेत समन्वय भइरहेको बताए।