१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुराको मार्तडी बजारमा आगलागी, दमकल अभावले नियन्त्रणमा समस्या



अ+ अ-

काठमाडौं । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ।

बजारस्थित एक पसलमा अचानक लागेको आगो नियन्त्रणमा लिन स्थानीयहरूसँगै प्रहरी टोली सक्रिय छन्।

जिल्ला प्रहरी कार्यालय मार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार आगलागी दिउँसो करिब १२ः२० बजेतिर सुरु भएको हो।

बजारमा दमकल नहुँदा आगो निभाउन कठिनाइ भएको र स्थानीय स्रोत–साधन तथा उपकरण प्रयोग गरेर नियन्त्रण प्रयास भइरहेको प्रहरीले जनाएको छ।

हालसम्म आगलागीको कारण खुलेको छैन। आगो नियन्त्रणमा पूर्ण रूपमा आउन बाँकी रहेकाले क्षतिको विवरण समेत खुलेको छैन।

अधिकारी जोशीले थप सहयोगका लागि अन्य निकायसँग समेत समन्वय भइरहेको बताए।