१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

सर्वत्र कोरोना त्रास: औषधि नै सकिन थाल्यो, भारतद्वारा औषधि निर्यातमा प्रतिबन्ध

सर्वत्र कोरोना त्रास: औषधि नै सकिन थाल्यो, भारतद्वारा औषधि निर्यातमा प्रतिबन्ध
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने अवस्था आएको छ। नेपालमा उत्पादन नहुने औषधिको मौज्दात घटिरहेको व्यवसायीले बताएका छन्। ‘आकस्मिक र अत्यावश्यक औषधिका हकमा सरकारले बेलैमा बुद्धि पुर्याउनुपर्छ,’ नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले भने, ‘नभइनहुने औषधिको मौज्दात बढाउन कदम चाल्ने बेला आएको छ।’ उनले निजी क्षेत्रसँग मिलेर सरकारले काम थालिहाल्नुपर्ने बताए। व्यवसायीका अनुसार औषधिको कच्चापदार्थ आयात झन्डै एक महिनादेखि ठप्प छ।

औषधि व्यवस्था विभागमा तीन सय ८४ वटा औषधि उद्योग दर्ता छन्। तर यी कुनै पनि एलोपेथिक औषधि उत्पादकका लागि नेपालमा कच्चापदार्थ उत्पादन हुँदैन। औषधिको रसायन र ब्याक्टेरिया उत्पादन चिनियाँ कम्पनीले गर्ने गरेका छन्। पछिल्लो प्रतिवेदनअनुसार संसारभरका ६३ प्रतिशतजति औषधि उत्पादक कम्पनी कच्चापदार्थका लागि चीनसँग आश्रित छन्। ब्याक्टेरियाका हकमा चीनको हिस्सा अझ मजबुत छ। नेपालमा झन्डै ८० प्रतिशत कच्चापदार्थ चीनबाट आयात हुने गरेको व्यवसायी बताउँछन्। ‘औषधि बनाउने कच्चापदार्थ र इन्टरमिडियट (कच्चापदार्थ उत्पादन गर्ने प्राथमिक रसायन) लगायतका धेरैजसो केमिकल चीनमा उत्पादन हुन्छ,’ देउराली जनता फर्मास्युटिकलका कार्यकारी निर्देशकसमेत रहेका शर्मा भन्छन्, ‘जुन क्षेत्रमा कोरोना फैलिएको छ, त्यही क्षेत्रमा यस्ता उद्योग धेरै छन्।’

कच्चापदार्थको उत्पादन गर्ने धेरैजसो चिनियाँ कम्पनी रहेका सांघाई, छेचियाङ, युहाङलगायतका क्षेत्र कोरोनाबाट बढी प्रभावित छन्। यसले गर्दा कच्चापदार्थको आपूर्तिमा अवरोध भएको छ। यही कारण कच्चापदार्थको मूल्य बढ्न थालेको छ। यद्यपि नेपाली कम्पनीसँग करिब दुई महिना औषधि उत्पादन गर्न सक्ने कच्चापदार्थ मौजदात रहेको व्यवसायी बताउँछन्। ‘हाम्रो उत्पादन संरचनाले नै अहिले अर्डर गरेको सामान आउन २/३ महिना लाग्छ,’ शर्माले भने, ‘औषधि कम्पनीले २/३ महिनाका लागि पुग्ने कच्चापदार्थको मौज्दात राखेका हुन्छन्।’

कच्चापदार्थ आयात ठप्प भएको एक महिना बित्न लागेको छ। कच्चापदार्थ अभाव भए औषधिको मूल्य पनि बढ्ने व्यवसायी बताउँछन्। औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले केही साताअघि औषधि उत्पादकसँग छलफल गरिएको बताए। ‘उनीहरूले तीन महिनासम्म औषधि उपलब्ध गराउन सक्ने प्रत्याभूति दिएका छन्,’ उनले भने। अत्यधिक गर्मी क्षेत्रमा पनि भाइरसको प्रकोप बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनले कहिलेसम्म नियन्त्रण गर्न सकिन्छ भन्ने पूर्वानुमान गर्नै नसकिने जनाएको छ।

भारतद्वारा औषधि निर्यातमा प्रतिबन्ध: भारत सरकारले मंगलबार अपराह्न २६ किसिमका औषधि निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। कोरोनो भाइरस संक्रमण बढ्दै गएको भन्दै आवश्यक पर्ने औषधि र औषधिमा प्रयोग हुने जैविक कण (एक्टिभ फर्मास्युटिकल्स इन्ग्रिडियन्ट-एपीआई) को निर्यात प्रतिबन्ध लगाएको हो। भारतीय औषधि उत्पादक कम्पनी ७० प्रतिशत एपीआई भनिने कच्चापदार्थको आयातका लागि चीनसँग निर्भर छन्। चीनबाट आयात रोकिएपछि भारतले यस्तो निर्णय गरेको हो।

पारासिटामोल लगायत औषधि निर्यातमा प्रतिबन्ध लगाउनुअघि भारतले उच्चस्तरीय समिति बनाएर चीनबाट आयात हुने अत्यावश्यक औषधिको सूची तयार पार्न लगाएको थियो। गत साता भारतको औषध विभागमा बुझाइएको प्रतिवेदनमा एमोक्सिलिन, मोक्सिफ्लोक्सेसिन, डक्सिसिलिनजस्ता एन्टिबायोटिक्सदेखि पारासिटामोल र टीबीका औषधिसम्मको लामो सूची समावेश थियो। ‘नयाँ घटनाक्रम विकास भएकाले हामी व्यवसायीसँग छलफल गर्छौं,’ विभागका सूचना अधिकारी केसीले भने। अन्नपुर्णपोष्ट दैनिक