२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलः चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग एनपीएल अन्तर्गत २० औं खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा जारी छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा चितवनले जनकपुरलाई १७७ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन जोड्यो ।

उसका लागि डेविड मलान र अर्जुन साउदले अर्धशतकीय पारी खेले । मलानले ५४ बलमा ८० रन जोडे भने साउदले ३९ बलमा ५२ रन बनाए । यस्तै, कुशल मल्ल ३० रनमा अविजित रहे । १४ बल खेलेका उनले अन्तिममा आक्रामक ब्याटिङ गर्दै दुई चौका र दुई छक्का प्रहार गरे ।

बलिङतर्फ जनकपुरका रुपेश सिंह, अनिल शाह, लोफ्टी इटन र माज सदाकतले एक–एक विकेट लिए ।