४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

डिजिटल पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा एआई तालिम

डिजिटल पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा एआई तालिम
अ+ अ-

काठमाडौँ । नेपालमा डिजिटल प्रविधिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘डिजिटल टुरिजम प्रमोशन एण्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर’ शिर्षकको चारदिने तालिम शुुरु भएको छ ।

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सस्टेनेबल टुरिजम प्रोजेक्टको सहकार्यमा सञ्चालित यो तालिम काठमाडौंको एक होटलमा शुरु भएको हो । तालिममा सहभागी ३० जना ट्रेकिङ व्यवसायी तथा अफिस प्रोटोकल हेर्ने कर्मचारीहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत अनलाइन पर्यटन प्रवद्र्धन, डिजिटल मार्केटिङ, सामग्री सिर्जना, अनलाइन क्याम्पेन सञ्चालन, डिजिटल ब्रान्डिङ, यात्रा सूचनाको व्यवस्थापन र ग्राहक सेवा स्वचालनजस्ता विषयमा व्यावहारिक अभ्यास गराइने टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल त्यत्तिकै पनि यो आईसिटीमा धेरै नै पछाडि छ र अब पछिल्लो समय एआई आइसकेपछि झनै एआईलाई हामीले टुरिजममा, टुरिजमको प्रमोशनमा, डिजिटल प्रमोशनमा मेनस्ट्रिमिङ गरिएन भने त पछाडि परिहाल्छौँ । हाम्रो ट्रेकिङ कम्पनीमा, ट्रेकिङ व्यवसायमा संलग्न व्यवसायीहरूको क्षमता विकासका लागि यो ट्रेनिङ आयोजना गरिएको छ ।”

विश्व पर्यटन बजारमा कडा प्रतिष्पर्धा भइरहेको अवस्थामा एआईको प्रयोगले नेपालको ट्रेकिङ तथा पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने प्रशिक्षक सुमन बरालले बताउनु भयो ।   उहाँले भन्नुभयो, “अहिले प्रतिस्पर्धाको जमाना भएकाले नेपालका सम्पूर्ण पर्यटन क्षेत्रहरूलाई प्रवद्र्धन गर्नका निमित्त र देशको पर्यटन क्षेत्रमा विकास गर्नका लागि यो कार्यक्रमले सहयोग पु¥याउनेछ ।”

प्रशिक्षार्थीहरूकाअनुसार यो तालिमले दैनिक कामलाई निकै सहज बनाउने र पुरानो शैलीको प्रचारप्रसारभन्दा एआईको प्रयोगले धेरै छिटो र प्रभावकारी नतिजा दिने विश्वास व्यक्त गरेका छन् । प्रशिक्षार्थी सलोना ढुङ्गानाले एआईको प्रयोगले आगामी दिनमा धेरै सजिलो हुने बताउनु भयो । उहाँले आफूले गर्ने काम र एआईको प्रयोगले गर्ने कामको गतिमा आकाश जमिनको फरक रहेको उहाँको ठम्याइ छ ।   उहाँले भन्नुभयो, “आफूले गर्ने काम र एआईको प्रयोगले गर्ने कामको गतिमा आकाश–जमिनको फरक छ ।”

आफूले दैनिक रुपमा प्रयोग गर्दै आएका कृत्रिम बुद्घिमत्ता (एआई) भन्दा बाहेकका अन्य कृत्रिम बुद्घिमत्ताका बारेमा सिक्न पाएको प्रशिक्षार्थी ऋषिप्रसाद नेपालले बताउनु भयो । उहाँले आजका डिजिटल मार्केटिङका लागि प्रवद्र्धन कसरी गर्नेे, कृत्रिम बुद्घिमत्ताको प्रयोग गरेर आफ्नो कम्पनीको प्रचार कसरी गर्ने भन्ने विषयको ज्ञान लिएको बताउनु भयो । यस कार्यक्रममा ग्राहकहरुका इमेललाई अटोमेसनको माध्यमबाट जवाफ फर्काउने विषय सिक्न पाएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, “ग्राहकहरूका इमेललाई अटोमेसनको माध्यमबाट जवाफ फर्काउने विषय सिक्न पाएकोमा निकै खुशी छु ।”

नयाँ जमानामा पुरानो तरिकाले कम्पनीको प्रचारप्रसार गर्दा प्रभावकारी नहुने भएकाले आफू यस कार्यक्रममा आएको अर्की प्रशिक्षार्थी रितिका धमलाले बताउनु भयो । उहाँले आधुनिक युगमा एआईको प्रयोग गरेर नेपालको पर्यटन क्षेत्रको प्रचार गरेको अवस्थामा देशमा पर्यटकहरुको आमन बढाउन सकिने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, “नयाँ जमाना आएको छ, पुरानो तरिकाले कम्पनीको प्रचारप्रसार गर्दा प्रभावकारी हुँदैन। एआईको प्रयोगले नेपालको पर्यटन क्षेत्रको प्रचार गर्दा विदेशी पर्यटकको आगमन बढाउन सकिन्छ ।”

आयोजककाअनुसार तालिमबाट सहभागीहरूले आन्तरिक कार्यव्यवस्था सुधार्ने, ट्रेकिङ प्याकेजहरूलाई अन्तर्राष्ट्रिय बजारमा आकर्षक ढंगले प्रश्तुत गर्ने र एआईको सहयोगमा प्रतिष्पर्धी क्षमता वृद्धि गर्न सक्नेछन् भन्ने अपेक्षा गरिएको छ ।