काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले २३ जना प्रहरी उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकले मंगलबार एक सूचना जारी गर्दै संगठनभित्र आवश्यकतानुसार जनशक्ति व्यवस्थापन तथा प्रभावकारी कार्यसञ्चालनका लागि सरुवा गरेको जनाएको छ।
प्राप्त सरुवा विवरणअनुसार डीएसपी हरिबहादुर गुरुङलाई हुल तथा दंगा व्यवस्थापन शिक्षालय, लामापाटन पोखरा सरुवा गरिएको छ। यस्तै, डीएसपी दिनेशबहादुर रायमाझीलाई एपीएफ इन्टेलिजेन्स ब्यूरोमा पदस्थापना गरिएको छ।
प्रहरी बलभित्रका अन्य २१ डीएसपीहरूलाई पनि विभिन्न प्रदेश, शिक्षालय, ब्यूरो तथा कार्यालयहरूमा जिम्मेवारी तोकिएको सशस्त्र प्रहरीले जनाएको छ।
DSP Saruwa










