१५ श्रावण २०८३, शुक्रबार
,
Latest
ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (संयुक्त) ले माघ ३ र ४ गते राष्ट्रिय सम्मेलन गर्ने



अ+ अ-

काठमाडौँ। नेकपा (संयुक्त)ले आगामी माघ ३ र ४ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरूमा आएको सैद्धान्तिक विचलनका कारण कम्युनिष्ट आन्दोलनलाई पुनःगठन गरी शक्तिशाली बनाउन सम्मेलन गर्न लागेको जानकारी दिनुभयो ।

पार्टीको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेताका रूपमा घनेन्द्र बस्नेत, कृष्णप्रसाद भण्डारी, खेमबन्धु कोइरालालाई मनोनयन गर्ने निर्णय गरेको बताउँदै नेता भुसालले पार्टीका अन्य दस्तावेज र विधानहरू पनि तयार गर्न आफ्नो नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको बताउनुभयो ।

मुलुक भूराजनीतिको चपेटामा परेकाले अहिले गम्भीर सङ्कटमा फसेको उल्लेख गर्दै उहाँले सबै देशभक्त, लोकतान्त्रिक शक्ति, राष्ट्रवादी र कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशमा भ्रष्टाचार, अनियमितता, कुशासन बढ्दै गएकाले त्यसको अन्त्य गर्न माग सहित जेन्जी आन्दोलन भएको त्यसको भावनाअनुरुप ठूला राजनीतिक पार्टी तथा नेतृत्व सुध्रिन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

पुराना पार्टी नसुध्रिने तथा नयाँ पार्टीहरू राजनीतिप्रति परिपक्व नहुँदा आफूहरुले नयाँ अभियान साथ पार्टी पुनः गठन गर्ने बताउँदै कायवबाहक अध्यक्ष भुसालले घुस नखानेहरुको पार्टी बनाउने त्यसमा सदाचारी र निष्ठावान सबै अटाउने प्रष्ट पार्नुभयो । नेकपा (संयुक्त) र एकीकृत समाजवादी पुनःगठन अभियानबीच एकता गरी सो पार्टी गठन गरिएको थियो ।