१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

माथिल्लो मस्र्याङदी ‘ए’ मा कोरोनाको उच्च सतर्कता

माथिल्लो मस्र्याङदी ‘ए’ मा कोरोनाको उच्च सतर्कता
अ अ+ अ-

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको उत्तरी भेग मस्र्याङदी गाउँपालिका–६ र ७ भुलभुलेमा रहेको ५० मेगावाट क्षेमताको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ । छिमेकी देश चीनमा कोरोना भाइरस फैलिएपछि चिनियाँ कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आवासगृह र आयोजनमा उच्च सतर्कता अपनाएको हो । आयोजनाले बाह्य व्यक्तिलाई आउन दिएको छैन । सन् २०२० जनवरी २२ का दिन चीनको उहान शहरमा कोभिड–१९ नामक भाइरसको प्रकोप देखिएपछि चीन सरकारले उच्च सतर्कता अपनाएको छ । यसैअनुरुप चिनियाँ कम्पनी सिनो हाइड्रमो पनि उच्च सतर्कता अपनाइएको हो ।

कम्पनीका कुनै पनि कर्मचारीमा हालसम्म उच्च ज्वरो तथा रुघाखोकी नदेखिएको आयोजनाका प्रोडक्सन एवं टेक्नोलोजी म्यानेजर लि काउयुआनले बताए । जनवरी ३० का दिन कम्पनीका प्रबन्ध निर्देशक यान हुङवेले एउटा विशेष बैठकको आयोजना गरी कार्यालय तथा आयोजनामा कोरोनासम्बन्धी उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए । आयोजनाले तीन प्रकारका मास्क, स्प्रिट, लिक्विड, हात धुने सेनिटाइजर, थर्मोमिटर, स्प्रेयरलगायत सामग्री खरिद गरेको छ । उक्त सामान प्रयोगमा ल्याइएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए ।

आयोजनाका दोभाषे दयाराम दाहालका अनुसार चीनमा कोरोना भाइरस फैलिएपछि यसको रोकथाममा सहयोग पुर्याउन सिनो हाइड्रोले उच्च सकर्तकता अपनाउन मेडिकल सामान किनेर ल्याएको हो । अहिले सबैले मास्क लगाएर काम गर्ने गरेका छन् । आयोजनाका अनुसार कम्पनीका कुनै पनि कर्मचारीमा हालसम्म उच्च ज्वरो तथा रुघाखोकीको अवस्था देखिएको छैन ।आयोजनामा काम गर्ने कम्पनी तथा यसका सहायक कम्पनीले कोरोना भाइरसका विषयमा गहिरो गरी अध्ययन गर्ने, यसबाट मुक्ति पाउनका लागि कर्मचारीले सुरक्षात्मक उपाय अवलम्बन गर्ने, स्वस्थ आनीबानीमा ध्यान दिने, जिम्मेवार तहबाटै सबै आवश्यकीय विषय कार्यान्वयन गर्ने र कोरोना भाइरस छिर्नै नदिने उपाय अवलम्बन गरिएको बताइएको छ ।

आयोजनामा हाल ४० चिनियाँ कर्मचारी र १०० बढी नेपाली कर्मचारी छन् । डिसेम्बर अन्तिमतिर चीन गएका चिनियाँ कर्मचारीहरू चीनमा कोरोना फैलिएपछि उतै रोकिएका छन् । कोरोना बढी मात्रामा फैलिएको हुवेइ प्रान्त बाहिरका उनीहरु कोरोनाका कारण आउन नसकेको आयोजनाले जनाएको छ । आयोजनाका प्रबन्ध निर्देशक भने बैठक बसेर चीन गई पुनः फर्किनुभएको छ । उहाँ काठमाडौँको कार्यालयमा १४ दिन क्वारेन्टाइनमा बसेर आयोजनाको कार्यालयमा आएका हुन् ।