९ श्रावण २०८३, शनिबार
,
Latest
शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन शाहका पिताको निधनबारे असम्बन्धित तस्बिर भाइरल, सञ्चारमाध्यमलाई लिएर आपत्ति



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का पिताको निधनसँग सम्बन्धित समाचारमा आज एक असम्बन्धित व्यक्तिको तस्बिर भाइरल भएपछि भ्रम सिर्जना भएको छ।

धेरै सञ्चारमाध्यमले बालेनका दिवंगत पिता डा. रामनारायण साहको नाममा स्वर्गीय र्यापर यमबुद्ध (अनिल अधिकारी)का पिता अम्बिकाप्रसाद अधिकारीको तस्बिर प्रकाशित गरेका थिए।

घण्टौँपछि उक्त तस्बिर मृतक साहको नभएको पुष्टि भएपछि सञ्चारमाध्यमहरूले फोटो हटाई सच्याएका छन्।

तर जिउँदै व्यक्तिलाई ‘मृतक’ भनेर प्रकाशित गरिएको तस्बिरले अम्बिकाप्रसाद अधिकारीलाई मनोवैज्ञानिक रूपमा चोट पुगेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन्।

अधिकारीले फेसबुकमा स्टाटस लेख्दै आफ्नो फोटोको दुरुपयोगप्रति गम्भीर आपत्ति जनाएका छन्।

उनले ती सञ्चारमाध्यममा प्रकाशित तस्बिरहरु राख्दै लेखेका छन्, “काठमाडौँका मेयर बालेन शाहाका पिता रहेनन् भन्ने आज प्रकाशित तथा प्रसारित समाचार र प्रयोग गरिएको फोटोबारे हाम्रो ध्यानाकर्षण भएको छ। जिम्मेवारी वहन गर्ने पत्रकारले यसरी फोटो दुरुपयोग गर्नु अत्यन्तै दुःखद कुरा हो। यसले जनतामा भ्रम सिर्जना हुन सक्छ, त्यसैले त्रुटि नदोहोर्‍याउन आग्रह गर्दछु।”

बालेन शाह देशभर चर्चित सार्वजनिक व्यक्ति भए पनि उनका पिता सार्वजनिक रूपमै गुमनामजस्तै थिए।

सार्वजनिक कार्यक्रम वा सञ्चारमाध्यममा नदेखिएकाले उनका तस्बिरहरू पनि उपलब्ध थिएनन्। यही कारण केही सञ्चारमाध्यमले केही वर्षअघि बालेन यमबुद्धका परिवारलाई भेट्न गएको एउटा तस्बिरबाट अम्बिकाप्रसाद अधिकारीको फोटो काटेर प्रयोग गरेको देखिन्छ।

हाल सम्बन्धित सबै सञ्चारमाध्यमले उक्त त्रुटि सच्याइसकेका छन्।