१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन शाहका पिताको निधनबारे असम्बन्धित तस्बिर भाइरल, सञ्चारमाध्यमलाई लिएर आपत्ति



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का पिताको निधनसँग सम्बन्धित समाचारमा आज एक असम्बन्धित व्यक्तिको तस्बिर भाइरल भएपछि भ्रम सिर्जना भएको छ।

धेरै सञ्चारमाध्यमले बालेनका दिवंगत पिता डा. रामनारायण साहको नाममा स्वर्गीय र्यापर यमबुद्ध (अनिल अधिकारी)का पिता अम्बिकाप्रसाद अधिकारीको तस्बिर प्रकाशित गरेका थिए।

घण्टौँपछि उक्त तस्बिर मृतक साहको नभएको पुष्टि भएपछि सञ्चारमाध्यमहरूले फोटो हटाई सच्याएका छन्।

तर जिउँदै व्यक्तिलाई ‘मृतक’ भनेर प्रकाशित गरिएको तस्बिरले अम्बिकाप्रसाद अधिकारीलाई मनोवैज्ञानिक रूपमा चोट पुगेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन्।

अधिकारीले फेसबुकमा स्टाटस लेख्दै आफ्नो फोटोको दुरुपयोगप्रति गम्भीर आपत्ति जनाएका छन्।

उनले ती सञ्चारमाध्यममा प्रकाशित तस्बिरहरु राख्दै लेखेका छन्, “काठमाडौँका मेयर बालेन शाहाका पिता रहेनन् भन्ने आज प्रकाशित तथा प्रसारित समाचार र प्रयोग गरिएको फोटोबारे हाम्रो ध्यानाकर्षण भएको छ। जिम्मेवारी वहन गर्ने पत्रकारले यसरी फोटो दुरुपयोग गर्नु अत्यन्तै दुःखद कुरा हो। यसले जनतामा भ्रम सिर्जना हुन सक्छ, त्यसैले त्रुटि नदोहोर्‍याउन आग्रह गर्दछु।”

बालेन शाह देशभर चर्चित सार्वजनिक व्यक्ति भए पनि उनका पिता सार्वजनिक रूपमै गुमनामजस्तै थिए।

सार्वजनिक कार्यक्रम वा सञ्चारमाध्यममा नदेखिएकाले उनका तस्बिरहरू पनि उपलब्ध थिएनन्। यही कारण केही सञ्चारमाध्यमले केही वर्षअघि बालेन यमबुद्धका परिवारलाई भेट्न गएको एउटा तस्बिरबाट अम्बिकाप्रसाद अधिकारीको फोटो काटेर प्रयोग गरेको देखिन्छ।

हाल सम्बन्धित सबै सञ्चारमाध्यमले उक्त त्रुटि सच्याइसकेका छन्।