१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिँचाइ कुलो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा नरहरिनाथका पूर्वउपाध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा



अ+ अ-

काठमाडौँ । कालिकोटको नरहरिनाथ गाउँपालिका–७ मा ओगडेनी सिरुपाटा–उच्छव आडिखोला सिँचाइ कुलो निर्माणमा भएको १९ लाख ४८ हजार रुपैयाँभन्दा बढीको भ्रष्टाचार सम्बन्धी मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको छ।

आयोगका अनुसार निर्माण कार्य अधूरो हुँदा पनि झुट्टा प्रतिवेदन तयार पारेर रकम भुक्तानी गराइएको थियो।

मुख्य भूमिकामा रहेकी तत्कालीन उपाध्यक्ष मनसोभा बुढा लगायत तत्कालीन वडाध्यक्ष दलबहादुर विश्वकर्मा, निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक तथा उपभोक्ता समितिका पदाधिकारीसहित ९ जनालाई प्रतिवादी बनाइएको छ।

९३० मिटरको सट्टा मात्र ३५४ मिटर कुलो बने पनि कागजमा ७३० मिटर भएको देखाइ साढे १९ लाख रुपैयाँ बढी मूल्यांकन गरी भुक्तानी लिईएको अनुसन्धानले पुष्टि गरेको छ।

श्रमिकलाई ज्याला नदिई रकम आफैँ उपभोग गरिएको तथ्य पनि प्रमाणित भएको आयोगले जनाएको छ।

अख्तियारले प्रतिवादीहरूविरुद्ध बिगो असुल, कैद र जरिवाना मागदाबी गरेको छ।

Scdq4m