५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

सिँचाइ कुलो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा नरहरिनाथका पूर्वउपाध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा

सिँचाइ कुलो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा नरहरिनाथका पूर्वउपाध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा
अ+ अ-

काठमाडौँ । कालिकोटको नरहरिनाथ गाउँपालिका–७ मा ओगडेनी सिरुपाटा–उच्छव आडिखोला सिँचाइ कुलो निर्माणमा भएको १९ लाख ४८ हजार रुपैयाँभन्दा बढीको भ्रष्टाचार सम्बन्धी मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको छ।

आयोगका अनुसार निर्माण कार्य अधूरो हुँदा पनि झुट्टा प्रतिवेदन तयार पारेर रकम भुक्तानी गराइएको थियो।

मुख्य भूमिकामा रहेकी तत्कालीन उपाध्यक्ष मनसोभा बुढा लगायत तत्कालीन वडाध्यक्ष दलबहादुर विश्वकर्मा, निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक तथा उपभोक्ता समितिका पदाधिकारीसहित ९ जनालाई प्रतिवादी बनाइएको छ।

९३० मिटरको सट्टा मात्र ३५४ मिटर कुलो बने पनि कागजमा ७३० मिटर भएको देखाइ साढे १९ लाख रुपैयाँ बढी मूल्यांकन गरी भुक्तानी लिईएको अनुसन्धानले पुष्टि गरेको छ।

श्रमिकलाई ज्याला नदिई रकम आफैँ उपभोग गरिएको तथ्य पनि प्रमाणित भएको आयोगले जनाएको छ।

अख्तियारले प्रतिवादीहरूविरुद्ध बिगो असुल, कैद र जरिवाना मागदाबी गरेको छ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/12/Scdq4m.pdf”]