५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

भदौ २३ र २४ गते नेपालमा प्रतिक्रान्ति भयो, निर्वाचन हुँदैनः पृथ्वीसुब्बा गुरुङ

भदौ २३ र २४ गते नेपालमा प्रतिक्रान्ति भयो, निर्वाचन हुँदैनः पृथ्वीसुब्बा गुरुङ
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जेनजीको नाममा भदौ २३ र २४ गते नेपालमा प्रतिक्रान्ति भएको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उहाँले जेनजीको नाममा वाह्य शक्तिहरुले नेपाललाई कब्जामा लिएको आरोप लगाउनुभएको हो । उहाँले नेपालका तीन वटै संस्थलाई कोल्याप्स पारिएको बताउनु भयो । निर्वाचित प्रधानमन्त्रीलाई राजिनामा गर्न बाध्य बनाएर संविधान विपरित नयाँ सरकार गठन गरी संसद विघटन गर्न लगायर व्यवस्थापिका र कार्यपालिकालाई आफ्नो हातमा लिएको र न्यायपालिकालाई जलाएर तहसनहस पारिदिएको बताउनु भयो । उहाँले यो प्रतिक्रान्तिलाई सच्याउन एमाले लागेको दाबी गर्नुभयो ।

निर्वाचनबाट वा विघठित संसद पुनःस्थापना गरेर भएपनि एमालेले प्रतिक्रान्ति सच्याउने उहाँको भनाई छ । यद्यपि यो सरकारले घोषणा गरेको मितिमा निर्वाचन नहुने उहाँको दाबी छ । उहाँले प्रतिक्रान्ति भएका मुलुकमा बनेका सरकारले घोषणा गरेको मितिमा चुनाव हुन नसकेको धेरै उदाहरणहरु रहेको बताउनु भयो । विदेशी शक्तिले चाहेको पात्र नभेटेसम्म निर्वाचन नहुने उहाँले ठोकुवा गर्नुभयो । हालसम्म वाह्यशक्तिले नेपालमा आफूले चाहेको जस्तो पात्र नभेटेको उहाँको दाबी छ । उनीहरुले खडा गरेका पात्रले निर्वाचन जित्ने अवस्था नभएसम्म निर्वाचन सार्न उनीहरुले अनेक प्रयत्न गर्ने उहाँले बताउनु भयो । निर्वाचन नगर्नको लागी नै नेकपा एमालेका नेताहरुलाई स्थानहद तोक्ने काम भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘भदौ २३ र २४ गतेको काण्ड प्रतिगमन भो यो मुलुकमा, प्रतिक्रान्ती भयो यो मुलुकमा । जनताले ७५ वर्ष लगाएर संघर्ष गरेर बनाएको संविधान च्यातियो, च्यात्ने काम गरियो । त्यसालई कोमामा पु¥याईयो । हाम्रो राज्यको सबै अंगलाई उनीहरुले (वाह्य शक्ति)आफ्नो हस्तक्षेपमा लिए । त्यसकारण यो प्रतिक्रान्ति भयो । यो प्रतिक्रान्तिलाई सच्याउने माध्यम चाहीँ उनीहरुले रचेको चुनावमार्फत हुन्छ की त्यही विघठित प्रतिनिधि सभालाई पुनःस्थापना गरेर हुन्छ, भन्दा नेकपा एमालेले भन्यो, सुल्टो बाटो, प्रतिक्रान्तिलाई सच्याउने भनेको अवैधानिक सरकारबाट नाटक मञ्चन गरिएको चुनावबाट हुन्न, यो चुनाव चाहीँ हामीले धेरै ठाउँमा देख्या छौँ, यस्तो क्रान्तिपछि बनेको सरकारले चुनावको नाटक गरेर चुनाव हुन नसकेका ठाउँहरु धेरै छन् । चुनाव त्यो बेलासम्म हुन्न, जुनबेलासम्म उनीहरुले भनेको जस्तो पार्टीहरु जितेर आउन सक्दैन, व्यक्तिहरु चुनाव जितेर आउन सक्दैन । यस्तो पात्र पाएको छैनन्, उनीहरुले यहाँ । त्यसकारण विद्यमान जो लोकप्रिय पार्टीहरु छन्, एमालेलाई कही पनि जान नदिने, एमालेका नेताहरुलाई स्थानहद तोक्ने, यो काम चाहीँ चुनाव गराउने मनशायबाट भएको छ ? चुनाव गराउने मनसायबाट होईन । उनीहरु त टाईम वाई गर्न चाहन्छ । टाईमवाई गरेरचाँही फेरि उनीहरुले भनेजस्तो एमालेका नेताहरुलाई कुनै न कुनै मुद्दा लगाउने, प्रचारप्रसार गर्न नदिने परिस्थिति निर्माण भयो भने चुनाव गर्छ उनीहरुले ।’ 

उहाँले एमाले पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने बताउनु भयो । एमाले चुनावबाट भाग्ने खोजेको भनेर भ्रम पारिएको उहाँको भनाई छ ।