१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई घनश्याम भुसालले भनेः निर्वाचन बिथोल्नेतिर नलाग्नुहोस्



अ+ अ-

काठमाडौँ । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कसैले पनि निर्वाचनलाई बिथोल्ने काम गर्न नहुने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा कसैले पनि बाधा अवरोध सृजना गर्न नहुने बताउनुभएको हो ।

कार्यबाहक अध्यक्ष भुसालले एमाले अध्यक्ष केपी ओलीलाई पनि निर्वाचन बिथोल्न काम गर्न आग्रह गर्नुभयो । ओलीका कारण मुलुकले अपूरणीय क्षति व्यहोरेको जिकिर गर्दै निर्वाचन बिथोल्न काम गर्न नहुने बताउनु भयो । उहाँले काँग्रेसलाई चुनावको बारेमा दुविधा नपाल्न अनुरोध गर्न भयो ।

उहाँले भन्नुभयो,‘चुनावका लागि कसैले पनि यताउता, बाधा, अवरोध नगरुन् । एमालेले पनि नगरोेस् । यो मुलुकले कमरेड ओलीका नीतिहरुले मुलुकले धेरै कुरा गुमाएको छ । असाध्यै धेरै अपूरणीय क्षति व्यहोरिसकेको छ कमरेड ओली । अब तपाईले पनि चुनाव विथोल्नेतर्फ नलाग्नुस् । काँग्रेसले पनि दुविधा नराखोस् । माओवादीले जे बोल्दैछ, त्यसलाई विश्वास गर्न मानिसहरुले छोडीसकेका छन् । चुनावको कुरा गरेर यसलाई बिथोल्ने कुरा नगर्नु होला ।’

कार्यवाहक अध्यक्ष भुसालले पुष्पकमल दाहाल नेतृत्वको नेकपालाई आम जनताले विश्वास गर्ने आधार नभएको जिकिर पनि गर्नुभयो ।