१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु



Congress Central committee
file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।

बैठकमा आगामी पुस अन्तिम सातामा बस्ने कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ।

महाधिवेशनको मिति र प्रक्रिया सम्बन्धी कार्यतालिकामा सबै तहमा सहमति बनिरहेको नेतृत्वले दाबी गरेका छन्।

विशेषतः प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेपछि महाधिवेशन गर्नुपर्ने अडान लिँदै आएका पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि पुसमै महाधिवेशन गर्ने मध्यमार्गी प्रस्तावमा सहमत भएको बताइएको छ।

गत मंसिर ६ गतेदेखि महाधिवेशनको मिति टुंगो नलागेपछि कांग्रेसका बैठकहरू निरन्तर सर्दै आएका थिए। अब भने नेताहरूबीच सहमति जुट्दै गएपछि पुस अन्तिम सातामा महाधिवेशन आयोजनाका लागि केन्द्रीय समितिमा औपचारिक प्रस्ताव पेस गरिँदैछ।