१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

पत्रकार डेकेन्द्रका हत्या आरोपित पुर्पक्षका लागि थुनामा

पत्रकार डेकेन्द्रका हत्या आरोपित पुर्पक्षका लागि थुनामा
अ अ+ अ-

दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मङ्गलबार जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनी फरार रहेका थिए ।

जिल्ला अदालतका सूचना अधिकारी विनोद आचार्यले प्रहरीले तत्कालीन माओवादी कार्यकर्ता खड्कालाई जिल्ला अदालतमा उपस्थिति गराएपछि मुल्तवीमा रहेको कर्तव्य ज्यान मुद्दा जगाई मङ्गलबार नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जानकारी दिनुभयो ।

हत्या आरोपित खड्कालाई कैलालीबाट पक्राउ गरी अड्डासार गर्दै दैलेख ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरिवहादुर ओलीले बताउनुभयो । जिल्ला अदालत दैलेखले २०७१ मङ्सिर २१ गते फरार भनिएका खड्कासहित चारलाई हाजिर भएका वा पक्रिएका बखत वा अवधि पुगेपछि जगाई कारवाही र किनारा गर्ने आदेश गरेसँगै फरार उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । विसं २०६१ साउन २७ गते नौमूलेको द्वारीमा माओवादी कार्यकर्ताले मरणासन्न हुने गरी कुटेपछि सास छँदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेको आरोप लागेको छ ।

लामो खोजी पछि २०६५ को वर्षायाममा नौमूले गाउँपालिकामा पर्ने साविकको द्वारी गाविस–१ स्थित नेरा निमावि नजिकको जङ्गलमा पत्रकार थापाको शव फेला परेको थियो ।