काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिस आज नेपाल आउने भएका छन्।
उनी आज अपरान्ह ४ः३० बजे नेपाल आइपुग्ने कार्यतालिका रहेको छ । फाफलाई विराटनगर किंग्सले अनुबन्ध गरेको छ।
विराटनगरले आगामी खेल बुधबार लुम्बिनी लायन्ससँग खेल्नेछ । उक्त खेलमा डु प्लेसिस उपलब्ध हुनेछन्। उनको उपस्थितीलाई लिएर नेपाली दर्शक निकै उत्साहित छन्।
दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसले आईपीएलका १५४ खेल खेलेका छन्। उनले २०१२ मा चेन्नई सुपर किंग्स (सिएसके) मार्फत आईपीएल यात्राको सुरुवात गरेका थिए।
उनी राइजिङ पुणे सुपरजायन्ट्स, रोयल च्यालेन्जर्स बेंगलोर र दिल्लीबाट पनि खेलेका छन्।
फाफले १३५.७८ को स्ट्राइक रेटमा ४७७३ रन बनाएका छन्, जसमा ३९ अर्धशतक समावेश छन्।









