२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय समितिअघि कांग्रेस पदाधिकारी बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्नु अघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक बोलाएका छन्।

सहमहामन्त्री महालक्ष्मी उपाध्यायका अनुसार मध्यान्ह पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बस्नेछ।

आजको पदाधिकारी बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिमा पेस गर्ने एजेण्डामा विस्तृत छलफल हुने जनाएको छ।

कार्यवाहक सभापति खड्काले पुसको अन्तिम सातामा महाधिवेशन गर्ने प्रस्ताव तयार पारेर बैठकमा पेस गर्ने तयारी गरेका छन्।

पदाधिकारी बैठक सकिएपछि दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ। उक्त बैठकमा महाधिवेशन कार्यतालिका तथा अन्य संगठनात्मक विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।