१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

कृषि विकास बैंक र फोन पे बीच सम्झौता

कृषि विकास बैंक र फोन पे बीच सम्झौता
अ अ+ अ-

काठमाडौं । कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लि. बिच सम्झौता भएको छ । सम्झौतासँगै फोन पे का सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिनेछ । यसैगरी कृषि विकास बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ । जहाँबाट ग्राहकले आफ्नो मोबाईल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्नेछन् । सम्झौतापत्रमा फोनपेका तर्फबाट एफ वान सफ्ट गु्रपका अध्यक्ष विस्वास ढकाल र कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत श्री अनिल कुमार उपाध्यायले हस्ताक्षर गर्नु भयो ।

५ दशक भन्दा बढी समयदेखि कृषि विकास र बैकिङ्ग सेवामा समर्पित कृषि विकास बैंक शहरदेखि ग्रामिण भेगसम्म बृहत शाखा सञ्जाल भएको बैंक हो । बैंकले २ सय ७४ वटा शाखा, ११ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटिएम टर्मिनल, ८५ हजार डेविट कार्ड ग्राहक, २ लाख ३७ हजार मोवाईल बैंकिङ्ग ग्राहक, १४ लाख खाता ग्राहक, ४७ वटा कार्यालयवाट सरकारी कारोवार लगायत बैंक जमानत, प्रतितपत्र, विदेशी मुद्रा विनिमय लगायत आधुनिक भुक्तानीका सेवा सहित सम्पुर्ण बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्विस लिमिटेडका ९२ हजार भन्दा बढी मर्चेन्ट रहेका छन् । फोन पे मा मासिक २ लाख भन्दा धेरै कारोबार हुने गरेको छ । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगि सकेको छ । फोन पे मा ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । साथै इसेवाका करिब ३० लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन् ।

बैंक र फोन पे विच सम्झौताले नेपाल सरकारले अवलम्वन गरेको विद्यूतिय माध्यमवाट भुक्तानी गर्ने कार्यक्रममा थप योगदान पुग्ने देखिन्छ । विद्युतिय माध्यमवाट भुक्तानी गर्दा बैंक सँग खाता भएका ग्राहकहरुले निश्चित छुट सुविधा (ऋबकज द्यबअप) पाउने बैंकका डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख श्री बाशु अधिकारीले जानकारी दिनु भयो ।