४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो पटक प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । बुधबार त्रिवि शिक्षण अस्पताल महारागञ्जमा करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् ।

प्रधानमन्त्री ओलीले २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो ।