काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिग लिडर आर्सनल शहरी प्रतिद्वन्द्वी चेल्सीसँग बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा दुबै टोलिले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा चेल्सीले ४८ औं मिनेटमा अग्रता लिएको थियो ।
ट्रेवोह चालोवाहले गोल गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले कर्नरबाट आएको बललाई हेडरमार्फत गोल गरे ।
३८ औं मिनेटमा मोइसेस काइसेडोले रातो कार्ड खाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । ५९ औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए ।
त्यसपछि दुबै टोलिले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् र अंक बाँडे । यो नतिजापछि शीर्षस्थानको आर्सनलको १३ खेलबाट ३० अंक छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग आर्सनलको पाँच अंकको अग्रता छ । यता, चेल्सी २४ अंकका साथ तेस्रो स्थानमा छ ।










