१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

बैंकिङ कसुरका मुद्दाहरु बढ्दो

बैंकिङ कसुरका मुद्दाहरु बढ्दो
अ अ+ अ-

चितवन । मुलुकी अपराधसंहिता लागू भएसँगै जिल्लामा चेक अनादार तथा बैंकिङ कसुरका घटना बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तीनवर्षीय तथ्याङ्क हेर्ने हो भने यो मुद्दा दर्ता हुने क्रम बढ्दो सङ्ख्यामा छ ।

प्रहरीको तथ्याङ्कअनुसार चालू आव २०७६/७७ को माघसम्म बैंकिङ कसुर शीर्षकमा ६३ वटा मुद्दा दर्ता भएका छन् । आव २०७५/७६ भदौबाट सुरु भएको यो संहिताका कारण बैंकिङ कसुरमा मुद्दाहरु दर्ता हुने क्रम बढेको हो । संहिता लागू भएको वर्ष बैंकिङमा ६२ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

यस्तै आव ०७४/७५ मा बैंकिङ कसुरसम्बन्धी एउटा मात्रै मुद्दा दर्ता भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बढ्दो आर्थिक कारोवारसँगै बैंकिङ कसुरका मुद्दाहरु बढ्दै गएको बताउनुभयो । पैसा दिनका लागि चेक दिने तर खातामा पैसा नहुने समस्याले नागरिक पीडित हुँदै गइरहेको उहाँको भनाइ थियो ।

जिल्लामा बैँकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै गएको भए पनि यसका लागि जिल्ला अदालतमा बेन्च नहुँदा समस्या आएको उहाँले बताउनुभयो ।