२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कुलमान र बालेन एउटै मोर्चाबाट निर्वाचनमा जान कति सम्भव ?

कुलमान र बालेन एउटै मोर्चाबाट निर्वाचनमा जान कति सम्भव ?
अ अ+ अ-

काठमाडौं । लोकप्रिय छवी बनाएका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहबीच आगामी चुनावमा एउटै मोर्चा बनाएर जाने विषयमा वार्ता भएको छ । यो छलफल कति सार्थक बन्छ भन्ने टुंगो भने लागेको छैन ।

मन्त्री घिसिङले आइतबार साँझ बालेनसँग सँगै बसेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘देश बनाउने अभियानमा सँगै छौं’ भने । यो पोस्टले राजनीतिक वृत्तमा चर्चा चुलिएको छ ।

कुलमान हालै उज्यालो नेपाल पार्टी खोले राजनीतिमा होमिएका छन् । अर्कोतर्फ काठमाडौं महानगर प्रमख बालेनले भने अहिलेसम्म दल खोलेका छैनन् । बरु अरुलाई सहयोग गर्ने विषयमा धेरै पटक छलफल गरिसकेका छन् ।

यसअघि पनि कुलमान र बालेनबीच सहकार्य हुने बारेमा बेलाबेलामा चर्चा हुने गरेको थियो । तर यस पटक कुलमानले नै बालेनसँग बसेको फोटो सेयर गर्दै देश बनाउने अभियानमा सँगै छौं भन्ने लेखेर आफूहरु एकठाउँमा उभिन लागेको सन्देश दिएका छन् ।

त्यो त बालेन सचिवालयका अनुसार यो भेट शनिबार बालेनकै निवासमा भएको हो । तर भेट जहिले भए पनि मुख्य कुरा उनीहरुबीच चुनावी सहकार्य हुन्छ कि हुँदैन भन्ने हो ।

कुलमानले सबै पक्षलाई मिलाएर आफू अघि बढ्ने बताउँदै आएका थिए । उनले आगामी चुनावमा बहुमत ल्याउने गरी जेन–जी आन्दोलनपछि गठन भएका नयाँ र वैकल्पिक भनिएका दलहरुसँग पनि सहकार्यको तयारी थालेका छन् ।

कुलमानले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि पटकपटक छलफल गरेका थिए । तर रास्वपासँग कुरा नमिलेपछि उनले आफ्नै अग्रसरतामा उज्यालो नेपाल पार्टी दर्ता गराएका हुन् ।

रास्वपाले बालेनलाई आफ्नो पार्टीमा भित्र्याउन पहल नगरेको होइन । तर सफल नभइरहेको अवस्थामा अब कुलमान र बालेनबीच नयाँ गोरेटो कोरिएको छ । जुन बाटोले उनीहरुलाई थप स्प्ष्ट हुँदै अघि बढ्ने बाटो खुला हुने छ ।