४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतम राष्ट्रियसभा सदस्यमा छिट्टै मनोनित हुन्छन् : प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष बामदेव गौतम छिट्टै राष्ट्रियसभा सदस्यका लागि मनोनित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

बुधबार संघीय संसद भवनबाहिर पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारबाट फर्केपछि मनोनयनका लागि सिफारिस हुने विश्वास व्यक्त गर्नुभयो । ‘प्रधानमन्त्री उपचारका क्रममा भएकाले बुधबारसम्म मनोनयनका लागि कुनै निर्णय भएन् । त्यसैगले अहिले केही भन्न सकिएन् । उहाँ उपचारबाट फर्केपछि सिफारिस गर्नुहुन्छ’, श्रेष्ठले भन्नुभयो ।

युवराज खतिवडालाई अर्थमन्त्रीमा सिफारिस गर्न मिल्ने तर गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न नमिल्ने किन ? भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने विश्वास व्यक्त गर्दै अनावश्यक बहस नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको निर्णय पार्टीकै अध्यक्ष जसले बैठकमा बसेर निर्णय गर्नुभएको छ । उहाँले निर्णय लागु गर्नुहुन्न भनेर जसरी प्रचार भएको छ । त्यसप्रति विश्वास छैन् । अध्यक्षले औपचारिक रुपमा कुनै त्यस्तो टिप्पणी गर्नुभएको छैन् । त्यसैले पार्टीको निर्णय कार्यान्वयन हुन्छ । यसमा अनावश्यक टिप्पणी गर्न जरुरी छैन् ।’

राष्ट्रियसभामा २ वर्ष कार्यकाल पुरा भएका १८ सदस्यहरुको स्थानमा गत माघ ९ गते निर्वाचन भएको थियो । निर्वाचित सदस्यहरुले आज सपथ लिएका छन् । तर राष्ट्रपतिबाट मनोनित हुने एक जना मनोनयन हुन बाँकी छ । नेकपाले उपाध्यक्ष बामदेव गौतमको नाम सिफरिस गर्ने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले असहमति जनाउँदै आउनुभएको छ । मन्त्रिपरिषदले नाम सिफारिस गरेपछि राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान रहेको छ ।