९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको तमिलनाडुमा दुई बस ठोक्किँदा १० जनाको मृत्यु, २० भन्दा बढी घाइते



अ+ अ-

नयाँदिल्ली। भारतको दक्षिणी राज्य तमिलनाडुमा आइतबार दुई सरकारी बस एक–आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ ।

उक्त दुर्घटना तमिलनाडुको सिवगङ्गा जिल्ला अन्तर्गत पर्ने थिरुपट्टुर–करैकुडी मुख्य मार्गमा भएको हो । दुर्घटना स्थल राज्य राजधानी चेन्नईबाट करिब ४२३ किलोमिटर किदिसम्म दक्षिण–पश्चिमतर्फ पर्छ ।

प्रहरीका अनुसार एक बस तिरुप्पुरबाट करैकुडीतर्फ जाँदै थियो भने अर्को बस करैकुडिबाट डिण्डिगुलतर्फ गइरहेको थियो । ती दुवै बस एकै लेनमा आमनेसामने ठोक्किँदा ठूलो क्षति पुगेको बताइएको छ ।

दुर्घटनापछि स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले तत्कालै उद्धार तथा राहत कार्य थालेका थिए । घाइतेहरूलाई स्वास्थ्य संस्थाहरूमा लगिएको छ ।

प्रहरीका अनुसार, केही घाइतेहरूको अवस्था गम्भीर भएकाले मृत्यु सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।(रासस/सिन्ह्वा)