१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको तमिलनाडुमा दुई बस ठोक्किँदा १० जनाको मृत्यु, २० भन्दा बढी घाइते



अ+ अ-

नयाँदिल्ली। भारतको दक्षिणी राज्य तमिलनाडुमा आइतबार दुई सरकारी बस एक–आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ ।

उक्त दुर्घटना तमिलनाडुको सिवगङ्गा जिल्ला अन्तर्गत पर्ने थिरुपट्टुर–करैकुडी मुख्य मार्गमा भएको हो । दुर्घटना स्थल राज्य राजधानी चेन्नईबाट करिब ४२३ किलोमिटर किदिसम्म दक्षिण–पश्चिमतर्फ पर्छ ।

प्रहरीका अनुसार एक बस तिरुप्पुरबाट करैकुडीतर्फ जाँदै थियो भने अर्को बस करैकुडिबाट डिण्डिगुलतर्फ गइरहेको थियो । ती दुवै बस एकै लेनमा आमनेसामने ठोक्किँदा ठूलो क्षति पुगेको बताइएको छ ।

दुर्घटनापछि स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले तत्कालै उद्धार तथा राहत कार्य थालेका थिए । घाइतेहरूलाई स्वास्थ्य संस्थाहरूमा लगिएको छ ।

प्रहरीका अनुसार, केही घाइतेहरूको अवस्था गम्भीर भएकाले मृत्यु सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।(रासस/सिन्ह्वा)