१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

राष्ट्रिय खेलकूद विकास विधेयक पारित

राष्ट्रिय खेलकूद विकास विधेयक पारित
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७६’ पारित गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । यस्तै बैठकले ‘ कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

सो विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । यही फागुन १९ गते सोमबार सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक प्रस्तुत गर्न लाग्दा गणपूरक सङ्ख्या नपुगेपछि स्थगित गरिएको थियो । नेपाली काँग्रेसका सांसद पार्वती डिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गर्नु भए पनि निर्णयार्थ पेश हुन सकेको थिएन ।

यस्तै, आजको बैठकले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकले ‘नेपाल इञ्जिनीयरिङ परिषद् ९पहिलो संशोधन० विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको हो ।