१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

ड्रागन खेतीमा रमाउँदै पूर्वमन्त्री विष्ट

ड्रागन खेतीमा रमाउँदै पूर्वमन्त्री विष्ट
अ अ+ अ-

नारायणी रजौरे

दाङ । कुनै बेला बन्दुक बोकेका पूर्व नेकपा माओवादीका नेता एवं पूर्वमन्त्री लोकेन्द्र विष्टका हातमा अहिले विहान बेलुकै कुटो, कोदालो देखिन्छ । छपन्न वर्षीय विष्ट गएको चार वर्षदेखि कृषि पेशामा रमाउनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१८ को मैरवा गाउँमा उहाँले गरेको ड्रागन फलको खेती देखेपछि त्यो बाटो भएर हिँड्ने सबै दङ्ग पर्छन । माटोमै रातदिन खटिरहनुभएका विष्टले वर्षौँदेखि खाली र उजाड जमिन अहिले हरियाली बनाउनुभएको छ । जिल्लामै पहिलो पटक भित्रिएको ड्रागनको खेतीले छोटै समयमा उहाँलाई सफल कृषकका रूपमा पनि स्थापित गरेको छ ।

उहाँको ड्रागनबारी तुलसीपुर घोराही सडक खण्डको छेउमा पर्छ । त्यसैले पनि तुलसीपुरबाट घोराही या जिल्लामा लामो तथा छोटो दुरीका यातायात साधनबाट यात्रा गर्ने हुन् वा निजी मोटर कार तथा मोटरसाइकलमा यात्रा गर्नेले पनि आफ्नो सवारी साधन रोकेरै ‘पूर्वमन्त्रीले गरेको खेती’ भनेर हेर्ने गरेको पाइन्छ ।

पूर्वमाओवादी नेता विष्टको राजनीतिक यात्रा चारदशक पछि आएर बिराम लागेको छ र यतिखेर उहाँको पहिचान पनि किसान भएको छ । विष्ट सांसद र दुईपटक मन्त्री समेत बनिसक्नु भएको छ ।

उहाँले यहाँको ५६ कठ्ठा जमिन भाडामा लिएर ड्रागन फलको खेती गर्नुभएको छ । सेतो र रातो जातका सात हजार विरुवा लगाइएको छ । निकै फस्टाएका ती विरुवाले आगामी साउनबाट फल दिनथाल्ने उहाँ बताउनुहुन्छ ।

भियतनामबाट सो विरुवा ल्याएर रोपेको बताउनुहुने विष्टले यहाँका जिल्लाबासीलाई फल समेत भियतनामबाटै ल्याएर चखाइसक्नुभएको छ । केही दिन पहिला आयोजना गरिएको तुलसीपुर महोत्सवमा उहाँले सो फल तथा विरुवाका बारेमा आम नागरिकलाई जानकारीका लागि स्टल राख्नुभएको थियो । त्यस फल र यसको खेतीका बारेमा सोधपुछ गर्ने सर्वसाधारणलाई उहाँले त्यस अवसरमा जानकारी पनि दिनुभएको थियो ।

स्थानीय बजारमा सो फल प्रति केजी ७ सय ५० देखि १ हजार ५०० रुपैयाँमा बिक्री हुने गर्दछ । डा«गन फल सिउँडी जातको फल हो । नेपालमै उत्पादन शुरु भएको यो फल ठूला होटलहरूमा डेजट ९खानापछिको फलफूल० का रूपमा प्रयोग गरिन्छ ।

यस फलबाट फेसवास, वाइन, जाम, चकलेट, बिस्कुट र पाउडर बनाउन पनि सकिने विष्टले बताउनु भयो । उहाँका अनुसार यो फल फल्न थालेपछि लगातार वर्षमा ५ देखि ७ पटक सम्म फल्ने गर्दछ । यो रातको समयमा फल्ने भएकाले यसलाई ‘रातकी रानी’ भनेर पनि चिन्ने गरिन्छ ।

यसको बकोटबाट हाँगा काटेर पनि रोप्न सकिन्छ । त्यस्तै यसको बिरुवा बलियो नहुने भएकाले यसलाई अडाउन सिमेन्टको सानो पोल त्यसमाथि मोटरसाइकलका पुराना टायर राख्ने राखिन्छ । यसको खेती तराइदेखि भित्रिमधेस तथा एक हजार ५ सय मिटर अग्लो स्थानमा पनि गर्न सकिन्छ ।

यो फल अहिले नेपालमा विदेशबाट ९५ प्रतिशत आउने गरेको छ । विष्टसमेत तीन जनाले रु एक करोड लगानीमा यो फलको खेती शुरु गर्नु भएको हो ।

मन्त्री विष्टले यस फलको खेतीमा फाइदा देख्नुभएको छ । भन्नुहुन्छ “ करिब १५ बर्षमा हामी जनही चार करोड रुपैयाँ फाइदा बाँड्न सक्ने अवस्थामा पुग्ने हामीहरूको लक्ष्य छ ।” उहाँले अब आफू राजनीतिमा नफर्किने पनि बताउनुभयो ।

आफू अब कृषकका रूपमा व्यवसाय शुरु गरेकोले बाँकी जीवन कृषिकर्ममा नै बिताउने बताउनु भयो । राजनीति छोड्नुको कारण राजनीतिमा फोहोरी कमा हुने, षडयन्त्र बढी हुने र महङगो हुँदै गएको उहाँको टिप्पणी छ । उहाँले पछिल्लो समय राजनीतिमा अपराध हुन थालेको पनि बताउनुभयो ।

नेपालमा कृषिकर्ममा नै राम्रो सम्भावना देखेको पूर्वमन्त्री विष्टको भनाई छ । त्यसमा पनि ड्रागन फलको खेती नेपालजस्तो देशका लागि कमाई हुने खेती हो उहाँले भन्नुभयो ।

यस्तो महँगो फलको खेती गरी विदेश निर्यात गर्न सकिएमा देशको गरिबी निवारणमा ठूलो सहयोग पुग्ने उहाँको सुझाव छ । ड्रागन खेती भित्री तराई–मधेश क्षेत्रमा उपयुक्त हुने गर्दछ ।

अहिले रोपेको विरुवाले २०÷२५ वर्षसम्म फल दिने गर्दछ । यसको एक बोटबाट ३ देखि ५ किलोसम्म फल लाग्छ र एक मौसममा करिब ५० क्वीन्टलसम्म फल्ने गर्दछ ।

यो फल करिब १८ वर्षअघि नेपालमा भित्रिएको जानकारी दिँदै उहाँले विश्वका अरु कैयौँ देशमा यो फलको माग बढी मात्रामा रहने गरेको अनुभव सुनाउनुभयो । विष्ट भन्नुहुन्छ “अहिले संसार ड्रागन फ्रुटमय भएको छ, यो फलमा मानव शरीरमा रोगसँग लड्नसक्ने तत्व पाइने भएकाले पनि संसारमा यसको महत्व बढ्दै गएको उहाँले बताउनु भयो ।

नेपालमा कृषि क्षेत्रलाई पर्यटनसँग जोड्नका लागि ठूला कृषि फर्महरू सञ्चालन गर्नुपर्ने विष्टको सुझाव छ । उहाँ भन्नुहुन्छ “कृषि आफैमा पर्यटकीय गन्तब्य भएकाले नेपालको बाझो जमिनमा नयाँनयाँ खेती गर्नसके उत्पादकत्व बढ्ने मात्र नभएर पर्यटकीय गन्तब्यको पनि विकास हुने छ ।”

धितो राख्ने जमिन नहुँदा ऋण नपाएको बताउने उहाँले नेपालमा खेती एवं कृषिकर्म गर्ने किसानलाई सरकारले विना धितो सस्तो व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

यसरी सरकारले बिना धितो ऋण प्रवाह गर्नसके सानो तिनो जागिरका लागि युवा खाडीमा पुगेर दुःख गर्नै पर्दैन उहाँ भन्नुहुन्छ । देशको अर्थतन्त्रलाई मजबुत बनाउन पनि सरकारले कृषि कर्मलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव छ ।