२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटा नेपालका सिइओलाई ‘पाटा फेस अफ द एयर’ अवार्ड



अ+ अ-

काठमाडौँ । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा)अन्तर्राष्ट्रियद्वारा प्रदान गरिने ‘पाटा फेस अफ द एयर २०२०’ अवार्ड पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडाललाई प्रदान गरिने भएको छ ।

प्रशान्त एशिया क्षेत्रमा आबद्ध युवा पर्यटन व्यक्तित्वलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित उक्त अवार्डबाट प्रमुख कार्यकारी अधिकृत बुडाललाई सम्मानित गर्ने घोषणा गरिएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको हो । पाटा अन्तर्राष्ट्रियका प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले उक्त अवार्ड विजेताका रुपमा बुडाललाई बधाई ज्ञापन गर्दै नेपाली पर्यटन क्षेत्रमा पाटाको उद्देश्य र भावनाअनुरुप दिगो पर्यटन विकास र प्रवद्र्धनमा प्रशंसनीय काम गरेको बताउनुभयो ।

उहाँले पर्यटन शिक्षणमा समेत आबद्ध रहेका बुडाललाई मानव जनशक्ति विकास र युवा पुस्ताको सशक्तिकरणको महत्वबारे राम्रो बुझाई भएको र पाटाको दक्ष जनशक्ति निर्माण अभियानअन्तर्गत नेपालमा विविध कार्यक्रम आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै यस अवार्डले थप हौसला र अवसर सिर्जना गर्ने बताउनुभयो ।

यस अवसरमा बुडालले पाटा फेश अफ द इयर जस्तो प्रतिष्ठित अवार्ड प्राप्त गर्नु आफ्ना लागि गौरव र सम्मानको विषय भएको बताउँदै यसले सदैव हौसला र सहयोग प्रदान गर्ने सबैमा कृतज्ञता ज्ञापन गर्नुभयो । उहाँले पाटा अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय एवं स्थानीय तहमा आबद्ध सरोकारवालालाई समावेश गरी महत्वपूर्ण सहभागिता एवं वकालतमार्फत दिगो पर्यटन विकासका लागि कटिबद्ध एक अद्वितीय संस्था भएको बताउनुभयो ।

पाटा नेपालका सिइओ बुडाल नेपाली पर्यटन क्षेत्रको दिगो विकासका लागि सक्रिय तथा नेतृत्वदायी आकाङ्क्षा भएका युवा पर्यटन व्यक्तित्व हुनुहुन्छ । पर्यटन व्यवस्थापनमा विषयमा स्नातकोत्तर गर्नुभएका बुडाल सन् २०१३ देखि पाटा नेपालमा आबद्ध हुनुहुन्छ ।