१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना

नेकपा एकीकरणले पायो पूर्णता

नेकपा एकीकरणले पायो पूर्णता
अ अ+ अ-

कास्की । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लामा पार्टी कमिटी एकीकरणको काम सम्पन्न गरेको छ । साबिक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएर नेकपा गठनको लामो समयपछि जिल्ला तहमा एकीकरण प्रक्रियाले पूर्णता पाएको हो ।

नेकपाको मङ्गलबार सम्पन्न जिल्ला कमिटीको पूर्ण बैठकले जिल्लाका चारवटै गाउँपालिकाका अध्यक्ष र सचिव चयन, महानगर कमिटी तथा जिल्ला सचिवालय समिति गठनलाई पूर्णता दिएको जनाइएको छ । चार गाउँपालिका मध्य रुपा र माछापुच्छेको नेतृत्व पूर्वएमाले तथा मादी र अन्नपूर्णको नेतृत्व पूर्वमाओवादीले पाएको छ । मादीको कमिटीको अध्यक्षमा कृष्ण दाहाल तथा सचिव पदमप्रसाद पौडेल तथा रुपामा अध्यक्ष सवाबक्स मियाँ तथा सचिव नवराज बराल चयन हुनुभएको छ ।

अन्नपूर्णमा अध्यक्षमा धर्मप्रसाद तमु र सचिव लक्ष्मीप्रशाद अधिकारी तथा माछापुच्छेमा कमिटी अध्यक्षमा जगन्नाथ बाँस्तोला र सचिव वैकुण्ठप्रसाद भण्डारीलाई सर्वसम्मत निर्णय गरी अनुमोदनका लागि पार्टी प्रदेश कमिटीमा सिफारिस गरिएको जिल्ला कमिटीका सचिव बखानसिँह गुरुङले जानकारी दिनुभयो ।

पोखरा महानगर कमिटीका अध्यक्ष र सचिव भने गत असोजमै चयन भएका थिए । नेकपाले भागबन्डाका आधारमा स्थानीय तहको नेतृत्व तथा कमिटी सदस्य टुङ्गो लगाएको हो । बैठकले ५१ सदस्यीय जिल्ला सचिवालय कमिटीसमेत गठन गरेको हो । सचिवालयमा पूर्वएमालेबाट २९ र माओवादीबाट २२ सदस्य छन् ।

त्यसैगरी सात सदस्सीय जिल्ला कार्यालयमा कल्पना पाण्डे र भीमबहादुर विकलाई चयन गरिएको सचिव गुरुङले जानकारी दिनुभयो । बैठकले १२५ सदस्यीय महानगर कमिटीसमेत टुङ्गो लगाएर अनुमोदनका लागि सिफारिस गरिएको बताइएको छ । गाउँपालिकामा लामो समय नेतृत्व चयन नहुँदा पार्टीका गतिविधि नहुँदा कार्यकर्ताले निरासा व्यक्त गरेका थिए ।

पार्टी समायोजनका काम सम्पन्न भएपछि नेकपाले आगामी चैत १ गतेदेखि शुभारम्भ हुने तीनमहिने जनसम्बन्ध विकास तथा सङ्गठन सुदृढीकरण केन्द्रीय अभियानमा जिल्लामा सञ्चालन गर्ने पार्टी अध्यक्ष कृष्ण थापाले बताउनुभयो । अभियानका क्रममा जनवर्गीय सङ्गठनको एकतालाई पूर्णता दिइने, निर्वाचन क्षेत्रीय कमिटी गठन, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च बनाउने तथा दुवै तर्फका पार्टी सदस्यलाई एकाइमा गोलबन्द गर्ने र चैत मसान्त भित्रमा सबै नवीकरण सम्पन्न गरिने थापाले उल्लेख गर्नुभयो ।