२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ



अ+ अ-

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन आर्थिक अपचलनको आरोपमा पक्राउ परेका छन्।

प्रहरीले आज शेरचनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरेको पुष्टि गर्दै प्रवक्ता एसएसपी शिव श्रेष्ठले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।

सिआइबीका अनुसार शेरचनमाथि बैंक तथा सहायक कम्पनीहरूमा देखिएको आर्थिक अनियमिततासँग सम्बन्धित विषयमा बयान तथा अनुसन्धान जारी रहनेछ।

यसअघि प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई ९८ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको थियो। प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीका आधारमा भट्टचनमाथि अनुसन्धान अघि बढाइएको थियो।

शेरचनले अघिल्लो हप्तामात्रै उच्च अदालत पाटनबाट पक्राउ नगर्न अनुमति लिएका थिए।

भट्टचनविरुद्धको अनुसन्धानका क्रममा विभिन्न आर्थिक निर्णय तथा लेनदेनको सत्यता पत्ता लगाउन सीईओ शेरचनलाई समेत पक्राउ गरी अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको प्रहरी स्रोतले जनाएको छ।

यस प्रकरणमा थप अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ।