२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गर्यो



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका सबै तहका भेला, सम्मेलन र सभा लगायतका कार्यक्रमहरु स्थगित गरेको छ ।

विश्वभरी नै कोरोना भाइरस (कोभिड—१९) को सन्त्रास फैलिएका बेला कांग्रेसले पार्टीका सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी गरिएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टीका सभा सम्मेलन स्थगित भएपनि पार्टीको १४ औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु भने जारी नै रहनेछन् । पार्टीका समायोजन, क्रियाशिल नवीकरण र वितरण लगायतका काम सम्बन्धित समिति मार्फत जारी रहेको उहाँले बताउनुभयो ।

सरकारी लापरवाही र ढिलासुस्तीका कारण कोरोनाको संक्रमण फैलिन सक्ने खतरालाई कांग्रेसले गम्भिर रुपमा लिएको जनाएको छ । जोखिमको सामना गर्ने राष्ट्रिय अभियानमा सरकारसँगै रहेको उल्लेख गर्दै शर्माले सरकार र सम्बन्धित निकायले जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिहरुको पालना र कार्यान्वयनमा सबैलाई आत्मसाथ गर्न पनि अपिल गर्नुभयो । विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोनाको उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराएको अवस्थामा ‘शहरदेखि गाउँसम्म र गाउँ टोल हुँदै घरसम्म’ सतर्कता र चेतानाको अभियान पार्टीले अघि बढाउने उहाँले बताउनुभयो ।