२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गर्यो



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका सबै तहका भेला, सम्मेलन र सभा लगायतका कार्यक्रमहरु स्थगित गरेको छ ।

विश्वभरी नै कोरोना भाइरस (कोभिड—१९) को सन्त्रास फैलिएका बेला कांग्रेसले पार्टीका सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी गरिएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टीका सभा सम्मेलन स्थगित भएपनि पार्टीको १४ औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु भने जारी नै रहनेछन् । पार्टीका समायोजन, क्रियाशिल नवीकरण र वितरण लगायतका काम सम्बन्धित समिति मार्फत जारी रहेको उहाँले बताउनुभयो ।

सरकारी लापरवाही र ढिलासुस्तीका कारण कोरोनाको संक्रमण फैलिन सक्ने खतरालाई कांग्रेसले गम्भिर रुपमा लिएको जनाएको छ । जोखिमको सामना गर्ने राष्ट्रिय अभियानमा सरकारसँगै रहेको उल्लेख गर्दै शर्माले सरकार र सम्बन्धित निकायले जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिहरुको पालना र कार्यान्वयनमा सबैलाई आत्मसाथ गर्न पनि अपिल गर्नुभयो । विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोनाको उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराएको अवस्थामा ‘शहरदेखि गाउँसम्म र गाउँ टोल हुँदै घरसम्म’ सतर्कता र चेतानाको अभियान पार्टीले अघि बढाउने उहाँले बताउनुभयो ।