१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा र विवेकशील साझाबीच एकता घोषणा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा गरिएको छ।

आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रमका बीच दुई पार्टीका शीर्ष नेताहरूले एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्दै औपचारिक रूपमा एकताको घोषणा गरेका हुन्।

एकतासम्बन्धी सहमतिपत्रमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले हस्ताक्षर गरेका छन्।

सहमतिपत्रमार्फत दुवै दलले सुदृढ राजनीतिक विकल्प निर्माण गर्दै सुशासन, पारदर्शिता र उत्तरदायी राजनीतिलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा दुवै पार्टीका नेताहरू तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।